८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेशको व्यवस्था

गैरआवासीय नेपाली (एनआरएन)लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन र बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी गरेको छ। यस संशोधनपछि एनआरएनलाई सेयर बजारमा लगानी गर्ने अवसर मिल्ने छ।

निर्देशिका अनुसार, नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा संयुक्त लगानी इन्भेस्टमेन्ट कम्पनी बन्नेछन्, जसले सेयर जारी गर्न सक्नेछन्। यसमा, सेयरको १० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी हिस्सा गैरआवासीय नेपालीलाई मात्र दिइने व्यवस्था गरिएको छ।

संयुक्त लगानी कम्पनीले सेयर निष्कासन गर्दा, आवेदनको मिति कम्तिमा चार कार्यदिने खुला राखिनेछ। सेयरको लागि न्यूनतम आवेदन १,००० कित्ता हुनेछ भने अधिकतम सोको गुणाङ्कमा हुने गरी व्यवस्था गर्नुपर्ने छ। दरखास्त रकम अङ्कित मूल्यको १०० प्रतिशत बराबर हुनेछ। यस्ता कम्पनीले सेयर आवेदनको प्रक्रिया विद्युतीय माध्यमबाट समेत उपलब्ध गराउन सक्नेछन्।

आवेदकले आवेदनका साथ आफ्नो विदेशी नागरिकता, राहदानी वा स्थायी आवासीय अनुमतिपत्र र गैरआवासीय नेपाली नागरिकता वा परिचयपत्र पेश गर्नुपर्नेछ।

प्रकाशित: ८ मंसिर २०८१ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App