८ वैशाख २०८१ शनिबार
समाज

दुर्गमका केन्द्रमा एक सय भन्दा कम मतदाता

गोरखाको तीनवटा मतदान केन्द्रमा एक सय भन्दा कम मतदाता रहेका छन्। चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन्।

सोही वडाको क्वाक गुम्बा मतदात केन्द्रमा ९९ जनाको नामावली रहेको छ। चुमनुब्री गाउँपालिका १ साम्दो आधारभुत विद्यालय साम्दोमा ९८ जना मतदाता छन्। दुर्गम भेग भएकाले यहाँ मतदाता संख्या कम रहेको हो। तीन सय ११ मतदान केन्द्रमध्ये सबैभन्दा कम मतदाता रहेको केन्द्र यी हुन्।

चुमनुब्री गाउँपालिका ४ को हिमचुली आधारभूत विद्यालयमा एकसय पाँच जना छन् भने वडा नम्बर ३ को वौद्धहिमाली आधारभूत विद्यालय न्याकमा एक सय ३७ मतदाता छन्। चुमनुब्री तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको दुर्गम पालिका हो।

यहाँ अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन। यहाँ पालिकाभर जम्मा पाँच हजार एक सय दुई मतदाता छन्। सोही पालिकाको वडा नम्बर ५ मा चार सय ४२, वडा नम्बर १ मा चार सय ४५ र वडा नम्बर ४ मा चार सय ६८ मतदाता छन्।

यसअघिका चुनावमा पनि कम मतदाता संख्या रहेका ती केन्द्रमा १२ बजेभन्दा अगाडि नै मतदान सकिन्थ्यो। ‘ति सबै केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी, सुरक्षाकर्मी पुगिसकेका छन’ चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए।

सबैभन्दा धेरै मतदाता गण्डकी गाउँपालिकाको भद्रकाली मावि हटिया केन्द्रमा एक हजार ७१ जना एउटै केन्द्रमा छन्। गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकामा ३५ हजार ३१, पालुङटारमा ३२ हजार पाँच सय ९६ मतदाता छन् भने अन्यमा २५ हजार भन्दा कम छन्।  

प्रकाशित: २८ वैशाख २०७९ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App