५ आश्विन २०८१ शनिबार
image/svg+xml

लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ।

‘आधारहीन आरोप लगाई कांग्रेससँगको आवद्धतामा प्रहार गर्न खोजियो’

नेपाली कांग्रेस व्यास नगरपालिका-७ का नेताले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भनी आधारहीन आरोप लगाइएको बताएका छन्।

मकवानपुर गोल्डकपः वर्षाका कारण आजको खेल स्थगित

शनिबार दिउँसोको भारी वर्षाका कारण हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता प्रभावित बनेको छ।

प्रदेशको समृद्धिका लागि जनप्रतिनिधि लाग्नुपर्छः शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समृद्ध लुम्बिनी निर्माणका लागि लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूल लाग्नु पर्ने बताएका छन्।

कांग्रेसलाई धम्क्याउँदै दाहाल

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा सोचेभन्दा धेरै स्थानमा जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसलाई धम्क्याउन थालेका छन्।

कैलालीमा नागरिक उन्मुक्ति दोस्रो ठूलो दल

स्थानीय तहको निर्वाचन पश्चात नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चार वटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।

त्रियुगामा मेयरसहित बहुमत वडाध्यक्ष कांग्रेसको कब्जामा पर्दै

वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा त्रियुगा नगरपालिकामा मेयरसहित अधिकतर वडा नेपाली कांग्रेसको कब्जामा पर्ने निश्चित भएको छ।

‘अब छाङरु र तिंकर पुग्ने गोरेटो बन्छ’

स्थानीय तहको निर्वाचनमा मत माग्न छाङरु र तिंकरका मतदातासामु पुगेका वडाध्यक्षका उम्मेदवार अशोकसिंह बोहराले आफूलाई जिताएमा गाउँ पुग्ने गोरेटो बनाउने प्रतिबद्धता गरेका थिए। बोहराको प्रतिबद्धता मन पराएर छाङरु र तिंकरवासीले उनलाई वडाध्यक्षमा जिताए।

‘विद्रोह’ बाट उदाएका लवराज

स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यासम्म लवराज खरेल राप्ती सोनारी गाउँपालिका–६ को कांग्रेस वडा सभापतिको जिम्मेवारीमा थिए।

बजेटबारे सुझाव माग्दै प्रदेश १ सरकारको टोली ताप्लेजुङमा

प्रदेश १ सरकारले शुक्रबार ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँग आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट तर्जुमा बारे छलफल गरेको छ।

निर्वाचनमा धाँधली भयो: ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन्।

निर्वाचनमा दलहरु भोट माग्न गए, मत हाल्न सिकाएनन्

राजनीतिक दल वा निर्वाचन आयोग कसैले पनि यो पटक मतदाता शिक्षामा चाँसो दिएनन। त्यसको असर ठुलो संख्यामा मत बदर हुन पुगेको छ। दलहरु मत माग्न मतदाताको घरसम्म पुगेपनि मत दिने तरिका नसकिएको आयोगको भनाई छ।

ओली–यादव भेटघाटः सत्ता गठबन्धन फुटाउने एमाले दाउ

वाम गठबन्धन तत्काल सफल नहुने भएकाले एमाले वर्तमान सरकारलाई असफल पार्न मधेसवादी दलहरूको साथ लिएर अघि बढ्ने खेलमा छ । एमाले र मधेसवादी दल मिलेको अवस्थामा वर्तमान सरकार धर्मराउन सक्छ । यसका लागि एमालेले पहिला जसपासँग सहकार्यको प्रस्ताव राखेको छ ।

मतगणना अन्तिम चरणमाः एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

कांग्रेसले पनि विगतमा जितेको धनगढीसहितका केही स्थानीय तह यसपटक गुमाएको छ। दार्चुला, पूर्वीरुकुममा कांग्रेसले कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित निकाल्न सकेन। एमाले पनि नौ जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्