१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

त्रियुगामा मेयरसहित बहुमत वडाध्यक्ष कांग्रेसको कब्जामा पर्दै

वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा त्रियुगा नगरपालिकामा मेयरसहित अधिकतर वडा नेपाली कांग्रेसको कब्जामा पर्ने निश्चित भएको छ। १६ वडा रहेको त्रियुगामा हालसम्म गणना भएका वडाहरुमध्ये ७ वडाध्यक्ष कांग्रेसले जितिसकेको छ भने बाँकी ३ मा पनि कडा प्रतिस्पर्धा हुँदैछ।

हालसम्म परिणाम सार्वजनिक भएकामध्ये कांग्रेसले ७ वडा जितिसकेको छ भने नेकपा (एमाले) ३ र नेकपा (माओवादी) ले ३ वडाध्यक्ष जितिरहेका छन्। कांग्रेसले १, ३, ४, ५, ८, ९ र १३ नं. मा वडाध्यक्ष जितिसकेको छ। जसमध्ये धेरै जसोमा प्यानलै कब्जा जमाउन सफल भएको छ। एमालेले २, ६ र ७ नं. मा वडाध्यक्ष जित्दै गर्दा माओवादीले १४, १५ र १६ नं. मा प्यानलै वडाध्यक्ष जितेको छ।

गणना भइरहेका वडाहरु १०, ११ र १२ मा कसले बाजी मार्ला भन्ने यकिन अहिले नै गर्न नसकिए पनि दिउसो ३ः३० बजेको परिणाम अनुसार कांग्रेस नै अगाडि छ। १० नं. मा कांग्रेसका प्रकाश खड्का एमालेका किरण पाण्डेभन्दा १५ मतले अघि छन्। खड्कालाई ४ सय २३ मत परिरहँदा पाण्डेलाई ४ सय ८ र नेकपा माओवादीका ज्ञानेन्द्र मगरलाई २ सय ३० मत पर्दैछ।

११ नं. वडामा पनि काँग्रेसका सुमन्त कोइराला १ सय २३ मतान्तरले एमालेभन्दा अघि छन्। एमालेका दिलबहादुर तामाङले २ सय ७२ मत पाइरहँदा कोइरालालाई ३ सय ९५ मत प्राप्त भइसकेको छ। त्यस्तै एकीकृत समाजवादीका कालीदास राई (किशन)लाई १ सय ६ मत परिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वडा नं. १२ को गणनामा पनि कांग्रेसका चुडा काफ्ले अगाडि देखिएका छन्। कांग्रेसभन्दा ३ मतले अघि थिए। काफ्लेलाई १ सय १ मत पर्दा एमालेका रमेश राउतलाई ९५ र माओवादीका नविन राईलाई ८५ मत परिरहेको छ।

यता मेयरमा कांग्रेसका बसन्त बस्नेत झण्डै २ हजारको मतान्तरले अघि बढेका छन्। उनलाई ११ हजार ८ सय ८२ मत प्राप्त भइरहँदा एमालेका भागवत राउतले ९ हजार ९ सय ४२ मत पाइरहेका छन्। एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीलाई ७ हजार ९सय ७७ मत परिरहेको छ।

उपमेयरमा भने एमालेकी महेश्वरी राई कांग्रेसकी सरिता राईभन्दा साढे ६ सयभन्दा बढी मतले अघि छिन्। एमालेलाई ११ हजार १ सय ५५ मत पर्दा कांग्रेसले १० हजार ४ सय ६ मत पाउँदैछ। माओवादीकी गीता खड्का कार्कीले ५ हजार ९ सय १२ मत पाइरहेकी छिन्।

प्रकाशित: १५ जेष्ठ २०७९ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App