१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

अमेरिकन दूतावासमा सन्दीपको अन्तर्वार्ता अपराह्न चार बजे

भिसा मिले बिहीबार राति नै अमेरिका उड्ने

क्रिकेटर सन्दीप लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ।  

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो । नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो । उनको अन्तर्वार्ताको समय अपराह्न चार बजेका लागि तोकिएको छ ।  

विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले अमेरिकन दूतावासलाई नोट लेखेको थियो । भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आगामी सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।  

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि विश्वकप क्रिकेटको टोलीमा राखेको छ । 

प्रकाशित: १७ जेष्ठ २०८१ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App