coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेटबारे सुझाव माग्दै प्रदेश १ सरकारको टोली ताप्लेजुङमा

प्रदेश १ सरकारले शुक्रबार ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँग आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट तर्जुमा बारे छलफल गरेको छ।

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजनकुमार राईको उपस्थितिमा भएको छलफलमा आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमाका बारेमा सरोकारवालाको सुझाव संकलन गरिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव माधवप्रसाद पोखरेलले जानकारी दिए।

सुझावसंगै प्रदेशमा योजना माग गर्नेहरुले आ–आफ्नो जिल्ला/प्रदेश निर्वाचन क्षेत्र/पालिकाबाट माग भएको आयोजना, आयोजना स्थल, संघीय सरकारबाट हस्तान्तरण भएका प्रदेश स्तरीय योजना/कार्यक्रम, स्थानीय तहबाट प्रदेश स्तरीय योजनाको रुपमा सिफारिस भएका, प्रदेशको कार्यक्षेत्रमा परेका, सम्भाव्यता अध्ययन भएका, एकभन्दा बढी स्थानीय तहलाइ लाभपुग्ने प्रकृतिका, प्रदेशको प्राथमिकतामा परेको अवस्था रहेका योजना माग गर्न सकिने बारे जानकारी गराइएको थियो।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा, फुङलिङ नगरप्रमुख अमिर मादेन, जिल्लाभरका सबै गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा निकायका प्रमुखहरु, पालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो। प्रदेश १ सरकारले बजेट तर्जुमा अघि प्रदेश १ का १४ जिल्लामै पुगेर बजेट बारे सरोकारवालाको सुझाव लिएको छ।  

प्रकाशित: १३ जेष्ठ २०७९ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App