८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचनमा धाँधली भयो: ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफलका क्रममा बोल्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका हुन्।

उनले निर्वाचनमा धाँधली भएको बताए। उनले निर्वाचन भएको १४ दिन बितिसक्दा पनि सबै ठाउँको मत परिणाम नआएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। सत्तापक्षले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नदिएको उनले आरोप लगाए। सत्तापक्षले पञ्चायत कालमा समेत नभएको राज्य संयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप गरेको उनले बताए।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाइ तेलमा मात्रै तारेको जेरीजस्तो भएको टिप्पणी गरे। नीति तथा कार्यक्रमको कुनै दिशा नभएको उनले बताए। नीति तथा कार्यक्रम अर्थहिन भएको उनले टिप्पणी गरे। नीति तथा कार्यक्रममा एउटै बुँदामा पनि भनाइहरु बाझिएका र एक अर्का बुँदाहरुको बिचमा अन्तरबिरोध भएको उनले उल्लेख गरे।

अध्यक्ष ओलीले आफूलाई विदेशी बैंकमा पैसा राखेको आरोप लगाइएको भन्दै विदेशमा पैसा राखेको भए आरोप लगाउनेहरुलाई नै सारिदिने बताए। आफ्नो र श्रीमतिको नामको सबै चल, अचल सम्पति राज्यको नाममा गरिदिएको उनले स्पष्ट पारे। उनले आफूमाथि औँला ठड्याउनेहरुलाई पनि आफ्नो सम्पति राज्यको नाममा हस्तान्तरण गर्न चुनौती दिए।

उनले सरकारले पेट्रोलियम पद्धार्थको कारोबार गर्ने जिम्मा निजी क्षेत्रलाई दिन खोजेर मोटो रकमको चलखेल गरेको बताए। सरकारले आयल निगमलाई ध्वस्त बनाउन लागेको उनको भनाइ छ। उनले स्थानीय तह निर्वाचनमा सत्तापक्षले पैसा बाँडेको र मत गणनामा समेत धाँधली गरेको आरोप लगाए। 

प्रकाशित: १२ जेष्ठ २०७९ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App