१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशको समृद्धिका लागि जनप्रतिनिधि लाग्नुपर्छः शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समृद्ध लुम्बिनी निर्माणका लागि लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूल लाग्नु पर्ने बताएका छन्। उनले जनताको जीवनस्तर परिवर्तन हुने गरी लागि सेवा प्रवाह गर्न आग्रह गरे।

जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले गर्दा जनतालाई सेवा प्रवाह गर्नका लागि आग्रह गरे। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

प्रदेश प्रमुख शेरचनले संविधानले स्थानीय प्रदेश, संघीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सह अस्तित्वको भावनालाई अगाडि बढाउनु पर्ने बताए। ‘संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नु सबै तहमा जनप्रतिनिधिहरूको दायित्व हो’ उनले भने।

कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद के.सी.ले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई एक आपसमा समन्वय गरी लुम्बिनी प्रदेश बासी जनताको जीवनस्तरलाई परिवर्तन गर्नुपर्ने बताए। लुम्बिनी प्रदेश सरकार’ समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी’ बनाउनका लागि परेको उनले बताए।

जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीय तह नै भएकाले जनताको सुख, दुःखमा साथ दिनका लागि दिनु पर्ने बताए। उनले जनताले दिएको मतको सम्मान गर्दै आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा काम गनूँ पर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले समाज उन्मुख अर्थव्यवस्था निर्माण गर्नका सबैले ध्यान दिनु पर्ने बताए। उनले जनताको अर्थतन्त्र निर्माणका लागि सबै जनप्रतिनिधि एक हुनु पर्ने बताए।

अन्तरक्रियामा संघीयता विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर अघि बढनु पर्ने बताए। उनले आम जनतालाई सरकारसम्म जोड्ने नै भएकोले गर्दा संघीयतालाई बलियो बनाउने तिर लाग्नुपर्ने बताए।

प्रकाशित: २१ जेष्ठ २०७९ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App