२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

सक्दै नसकिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन हिमाली जिल्लामा दोस्रो चरणमा हुनसक्ने कुरा संकेत गरेकी छन्।  सोमबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएकी हुन्।  

‘हिमालका जिल्लामा गाडी आउजाउ गर्ने ठाउँमा गाडीबाट मतदाता ओसारेर भए पनि निर्वाचन गर्नेबारे सरकारले काम गरिरहेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्,‘अत्यधिक चिसोले सक्दैनसक्ने अवस्था आइहाल्यो भने त दोस्रो चरणमा भए पनि चुनाव हुन्छ ।’

सरकारको ध्यान निर्वाचन सम्पन्न गर्नुबाहेक अन्य नरहेको पनि उनले स्पष्ट पारिन् । यो निर्वाचन स्थायित्व र शान्ति कायम गर्न कोसेढुंगा सावित हुने पनि बताइन् ।  

प्रकाशित: २० माघ २०८२ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App