२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

विगतभन्दा बढी मत खस्ने सुनिश्चितता गरिएको आयोगको दाबी

विगतका निर्वाचनभन्दा यस पटक बढी मत खस्ने सुनिश्चितता गरिएको निर्वाचन आयोगले दाबी गरेको छ ।  

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी विगतको निर्वाचनभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउने गरी अयोगले तयारी गरेका कारण बढी मत खस्ने सुनिश्चितता गरिएको  दाबी  गरेका हुन्  ।

‘२०७९ को निर्वाचनमा ६२ प्रतिशत मतदान भएकोमा यो निर्वाचनमा त्यो भन्दा बढी मतदान हुने सुनिश्चित गर्न आयोगले विभिन्न खालका तयारीहरू गरेको छ ’ घिमिरेले भने ।  घिमिरेले आयोगले मतपत्र बदर हुने दर पनि घटाउन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेको बताए ।  

उनले लोकतन्त्रलाई यलमा ल्याउन निर्वाचन अपरिहार्य भएकाले निर्वाचन आयोगले विषम परिस्थितिमा पनि निर्वाचन गराउने तयारी पूरा गरेको स्पष्ट पारे । मतपेटिकाहरू संकलन भएपछि जति सक्दो चाँडो मतगणना गरी परिणाम सार्वजनिक गरिने उनले जानकारी दिए ।  

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सञ्चालन हुने घिमिरेले जानकारी दिए  । उनले मतदानमा सबै मतदातालाई सहभागि हुन आग्रह पनि गरे । 

प्रकाशित: २० फाल्गुन २०८२ १९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App