२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसमा अनुहार नयाँ आए, भिजन नयाँ आएन : एमाले उपाध्यक्ष गुरुङ

नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताएका छन्।

प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले सो कुरा बताएका हुन्। नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनको भनाइ छ। `कांग्रेसमा नयाँ अनुहार आए, नयाँ भिजन आएन,´ गुरुङले भने, `कांग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरूको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन। त्यसैले कांग्रेस यथाअवस्थामै छ।´

लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ। `केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरूलाई पुराना भनेर आर‍ोप गरिरहेका छन्,´ गुरुङले भने, `उनीहरू एजेन्डाविहीन हुन्। त्यही भएर उनीहरू पब्लिक फेस गर्न सकेका छैनन्।´

निर्वाचनमा तालमेलको सन्दर्भमा अहिले त्यस्तो अवस्था नभए पनि सम्भावना बाँकी रहने बताए।

प्रकाशित: २० माघ २०८२ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App