दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ।
रास्वपाका देवराज पाठक ३ हजार ९ सय ५९ मतका साथ अग्रस्थानमा छन्।
यसैगरी कांग्रेसका योगेन्द्र चौधरी १ हजार १८ मतका साथ दोस्रो स्थानमा छन्। एमालेका रेवती रमण शर्माले ४ सय ५८ मत प्राप्त गरेका छन् भने नेकपाका मेटमणी चौधरीले ४ सय ७५ मत प्राप्त पाएका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा अहिले सम्म ६ हजार ५ सय ११ मत गणना भएको छ भने दाङ २ र ३मा भने अब केहिबेरमा गणना सुरु हुँदै छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०९:०९ शुक्रबार





