आइसिसी टि-२० पुरुष विश्वकप खेल्ने पाकिस्तान टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ।
टोली मंगलबार श्रीलंका पुगेको हो। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबि)का अनुसार पाकिस्तानले एउटै समूहमा रहेको भारतसँग भने विश्वकपमा प्रतिस्पर्धा गर्न छैन।
गत आइतबार पिसिबिले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले विश्वकप खेल्ने तर पाकिसतानसँग प्रतिस्पर्धा नगर्ने बताएको थियो। भारत र पाकिस्तानले फ्रेबअरी १५ मा खेल्ने तालिका थियो।
यस विषयमा एक पत्रकार सम्मेलनका क्रममा टोलीका कप्तान सलमान अली आघासँग भारतविरुद्ध खेल नखेल्ने निर्णयबारे प्रश्न सोधिएको थियो।
यसको जवाफमा उनले ‘यो हाम्रो निर्णय होइन। यसमा हामी केही गर्न सक्दैनौं। हाम्रो सरकार र हाम्रा चेयरम्यानले जे भन्छन् हामीले त्यही गर्नुपर्छ। उनीहरूले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं' भनेका थिए।
प्रकाशित: २० माघ २०८२ १४:१६ मंगलबार





