१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

७३८ स्थानीय तहका कार्यालयमा इन्टरनेट

सरकारले ७ सय ३८ स्थानीय तहको कार्यालयमा इन्टरनेटको पहुँच पुगेको देखाएको छ।अर्थमन्त्रालयले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा २०७८ को फागुन मसान्तसम्मको अवधिमा २५ वटा स्थानीय तहको कार्यालयमा थप इन्टरनेट सेवा विस्तार भएको देखाएको छ।

आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवमा १५० वटा वडा कार्यालय १२० सामुदायिक विद्यालय र २२२ वटा स्वास्थ्य चौकीमा इन्टरनेटको पहँच पुगेको छ। आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार फागुन मसान्तसम्मको अवधिमा मुलुकभरका ६१सय ९० वटा वडा कार्यालय, ५ हजार एक सय ९६ वटा माध्यमिक विद्यालय, र ४१ सय ५७ वटा स्वास्थ्य चौकीमा इन्टरनेट सेवाको पहुँच पुगेको छ।

त्यसैगरी फागुन मसान्तसम्मको अवधिमा टेलिफोनको घनत्व १३९.८६ प्रतिशत, इन्टरनेट ग्राहकको घनत्व ११६.९ प्रतिशत पुगेको छ। जब कि गत आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा टेलिफोनको घनत्व १३०.३ प्रतिशत र इन्टरनेटको ८२.८ प्रतिशत रहेको थियो।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App