२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना रोकथाममा कति खर्च भयो ? स्वास्थ्यमन्त्री ढकालले संसदमा दिए जवाफ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको सदनलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिदै उनले कोरोना नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट भएको खर्चको विवरण प्रस्तुत गरेका हुन्।

थप ३१४ जनामा कोरोना संक्रमण

थप ३१४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २९४ जना पुरुष र २० जना महिला छन्। कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। देशभर अहिलेसम्म ३ हजार ७ सय ६२ जना संक्रमित छन्।

धादिङमा एकैदिन थपिए १६ कोरोना संक्रमित

धादिङमा एकैदिन १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।

आरडिटीको भर पर्दा जोखिम

आरडिटीको रिपोर्ट उल्टो आउने गरेकाले ढुक्कसँग बस्ने अवस्था छैन। गाउँभरी त्रासको वातावरण छ।

खानामार्फत कोभिड–१९ संक्रमण !

जनस्तरमा कोभिड–१९ संक्रमित इलाकाका किसानको तरकारी तथा फलफूल उत्पादनबाट कोभिड–१९ को भाइरस एक इलाकाबाट अर्को इलाकामा सर्ने कुरा सत्य नरहेको चेतना अभिवृद्धि गर्नुपर्छ।

स्याङजाका कोरोना संक्रमित एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण स्याङजा, बालिङका ६० वर्षिय पुरुषको निधन भएको छ। उनको गएराति पोखरा स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएको हो।

धनकुटाकामा कोरोना संक्रमण कसरी भयो, अझै पत्तै लागेन

जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वस्थ्यकर्मी सहित ७ जनाले कोरानालाई जितेर घर फर्किसकेका छन् । तर उनीहरुलाई कसरी कोराना संक्रमण भयो भनेर अझै पत्ता लाग्न सकेको छैन । जेठ ४ गते एकजना स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

दक्षिण एसियामा कोभिड–१९ प्रभाव बढ्दो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।

गोरखा र पोखरामा संक्रमितको श्रोत खुट्याउनै सकस

गण्डकी प्रदेशका विभिन्न जिल्लामा भेटिएका कोरोना संक्रमितमध्ये दुईवटा ‘केस’ को श्रोत खुट्याउन स्वास्थ्यकर्मीलाई निकै नै हम्मेहम्मे परेको छ। भेटिएका संक्रमितमध्ये पोखरा महानगरपालिका– ८ का ६० वर्षिय पुरुष र गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षिय किशोरसम्म कसरी संक्रमण पुग्यो भन्ने पत्ता लगाउन सरोकारवालाले सकेका छैनन्।

थपिए २१३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिला छन्। अहिलेसम्म ४६७ जना कोरोना मुक्त भएकर डिस्चार्ज भएका छन्।

‘नागरिक बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भयो’

गण्डकी प्रदेश सभा सदस्य भागवतप्रकाश मल्लले कोरोनाको कहर चलिरहँदा सरकारी एजेन्ट नागरिकलाई बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भइरहेको आरोप लगाएका छन् । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै स्याङ्जाली सांसद मल्लले कोरोना जाँच गर्न पिसीआर मेसिन खरिद गर्न आलटाल गरेर स्वास्थ्यका सरकारी एजेन्टले नागरिकलाई मृत्यूको मुखमा धकेल्ने काम गरेको आरोप लगाएका हुन् ।

लकडाउनले रुनु न हाँस्नु बनायो

बन्द व्यवसायले मुनाफा दिँदैन तर घरभाडा र बैंकको व्याज भने पाकिरहन्छ । जति लामो बन्द भयो त्यति अवस्था कमजोर हुँदै जान्छ ।

कोरोनाका कारण विश्वभर १ सय २५ गैरआवासीय नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ।

उदयपुरमा थप तीन जना संक्रमित पुष्टि

पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणोन्मुख देखिएको उदयपुरमा आइतबार थप ३ जना संक्रमित फेला परेका छन् । सातादिनअघि संकलन गरी पठाइएको पिसिआर परीक्षण रिपोर्टमा जिल्लाको बेलका नगपालिका ३ का २ जना र चौदण्डीगढी नगरपालिका १ का १ जनामा संक्रमण पुष्टि भएको हो ।

लकडाउन अनुभव नातिनीको भाकामा

घरमा मैले सक्ने थाहै नपाएका सक्ने कामहरू बाबुआमा र हजुरीले सिकाउनुहुन्छ। पढ्नुलेख्नु, पेन्टिङ गर्नु , रमाइला कथाका पुस्तक पढ्नु, नाच्नु र गाउनु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्