१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

खानामार्फत कोभिड–१९ संक्रमण !

कोभिड–१९ एक भाइरस हो जुन खानामा हुर्कने र बढ्ने गर्दैन। जब यो खानामा पुग्छ, केही घण्टासम्म सतहमा जीवित रहेको देखिन्छ। भाइरस बढ्नका लागि मानव वा जनावरको जीवित कोसिकाको जरुरत हुने हुँदा यो खानामा पुगेको केही समयमा मर्ने गर्छ। मानौँ तपाईँले भर्खरै ल्याएको खाना कोभिड–१९ बाट दूषित भएको रहेछ र तपाईँले उक्त खाना खानुभयो। उक्त अवस्थामा समेत हालसम्म त्यस्तो विश्वासलाग्दो कुनै घटना भेटिएको छैन जहाँ त्यस्तो खाना खाएर खानामा रहेको भाइरसबाट मानव शरीर संक्रमित भएको र अरूमा सरेको होस्।  

हालसम्म कोभिड–१९ भाइरस एक बिरामी व्यक्तिको शरीरबाट निक्लिएर वरिपरि फैलिएका थुक, खकार या ¥यालको थोपाहरूमार्फत सरेको भेटिएको छ। यदि खानामा कुनै कारणबाट भाइरसका बिरामी व्यक्तिको शरीरबाट निक्लिएका थुक, खकार या ¥यालका थोपाहरू भर्खरै खसेको रहेछ र त्यहाँ जीवित भाइरस रहिरहँदा तपाईँको हातमा जीवित भाइरस टाँसिन गयो र उक्त हातले तपाईँले आँखा, नाक वा मुखलाई छुनुभयो भने अब तपाईँलाई उक्त भाइरसको संक्रमण हुने सम्भावना हुन्छ। जुन हालको गुड मेनु (फेक्चरिङ प्राक्टिस) अनिवार्य गरिएको खाद्य वितरण प्रणालीमा हुन सक्ने निकै कम सम्भावना रहन्छ।  

यिनै कारणबाट सामान्यतया खाना भण्डारण गर्दा तपार्इँलाई खासै कुनै विशेष सावधानीहरू आवश्यक पर्ने जरुरत ठानिँदैन। र, सिफारिस पनि गरिँदैन। तर पनि जब तपाईँ बाहिरबाट भर्खरै ल्याएको खाना आआफ्नो स्थानमा तह लगाउँदै हुनुहुन्छ वा कच्चा खानाको सामग्री झिकेर खाना पकाउने क्रममा हुनुहुन्छ वा खाने क्रममा हुनुहुन्छ, उक्त समयमा तपाईँलाई अनिवार्य साबुन पानीले हात धुन सुझाव दिने गरिन्छ। साबुन पानी नहुँदा सेनिटाइजर वा खरानी पानी वा तातो पानी अन्य विकल्प हुन् तर सबैभन्दा उत्तम साबुन पानी त्यसपछि सेनिटाइजरलाई मानिन्छ।  

जनस्तरमा कोभिड–१९ संक्रमित इलाकाका किसानको तरकारी तथा फलफूल उत्पादनबाट कोभिड–१९ को भाइरस एक इलाकाबाट अर्को इलाकामा सर्ने कुरा सत्य नरहेको चेतना अभिवृद्धि गर्नुपर्छ।

हालसम्म फ्रिज वा फ्रिजरको तापक्रममा कोभिड–१९ को भाइरस बाँच्न सक्छ कि सक्दैन भन्नेबारे एकिन भइसकेको छैन। तर संसारको अनुभव के छ भने कोभिड–१९ जस्तै कोरोना भाइरस हप्ता दिनसम्म फ्रिज र फ्रिजमा जीवित रहेको भेटिएको थियो। त्यही आधारमा कोभिड–१९ भाइरस पनि चिसो वातावरणमा जीवित रहन सक्ने धेरै सम्भावना छ। त्यो पनि लगभग हप्ता दिन भन्ने मानिँदै आएको हो। यसो हुँदा पनि फलफूल तथा तरकारीमा भाइरस आफैँ बढ्न वा विस्तार हुन सम्भव देखिँदैन। फलफूल तथा तरकारीमा रहेको भाइरसबाट मानव संक्रमित बनेको हालसम्म कुनै पनि प्रमाण संसारभर नै भेटिएको थाहा लागेको छैन।    

कुनै खानाको सतहमा कोभिड–१९ को भाइरस थियो र त्यसलाई दराज, भान्साको स्टोर, फ्रिज, फ्रिजर वा डिफ्रिजमा भण्डार गरिएको अवस्थामा समेत उक्त खानामा भाइरस बढ्ने वा बढ्न सक्ने कुनै प्रमाण हालसम्म भेटिएको छैन। बरु त्यहाँबाट कोभिड–१९ नफैलिएको अनुभव नै हालसम्मको सबैको साझा अनुभव हो।  

सामान्य खाना पकाउने क्रममा जब खानाको भित्री भागको समेत आन्तरिक तापक्रम ७४ डिग्री सेल्सियस पुग्ने गर्छ तब खानामा रहेका जीवाणुहरू मर्ने गर्छन्। अन्य सूक्ष्मजीव मर्ने उक्त तापक्रममा कोभिड–१९ को भाइरससमेत मर्ने गर्छ। तसर्थ पकाएर खाना खाने क्रममा हाम्रो सामान्य खाना पकाउने तरिका नै कोभिड–१९ को भाइरससमेत मार्न सक्षम छ।

हालसम्म संसारभर नै भाइरस भएको खाना खाएर मानिस भाइरसबाट संक्रमित बनेको भन्ने कुरामा विश्वास गर्न सकिने कुनै विश्वासिलो आधार भेटिएको पनि छैन। किनकि खाना तपाईँको पेटमा पुगेपश्चात् पाचनको क्रममा खानालाई नियमितरूपमा पचाउन प्रयोग हुने एसिडहरूले भाइरसलाई सजिलै नष्ट गरिदिन्छ।  

सामान्य खाना पकाउने क्रममा जब खानाको भित्री भागको समेत आन्तरिक तापक्रम ७४ डिग्री सेल्सियस पुग्ने गर्छ तब खानामा रहेका जीवाणुहरू मर्ने गर्छन्। अन्य सूक्ष्मजीव मर्ने उक्त तापक्रममा कोभिड–१९ को भाइरससमेत मर्ने गर्छ। तसर्थ पकाएर खाना खाने क्रममा हाम्रो सामान्य खाना पकाउने तरिका नै कोभिड–१९ को भाइरससमेत मार्न सक्षम छ।

एउटा कुरा सुन्दा तपाईँलाई आश्चर्य लाग्न सक्छ। सैद्धान्तिकरूपमा विचार गर्दा कोभिड–१९ बाट संक्रमित व्यक्तिहरूद्वारा बनाइएको खाना खाँदा स्वस्थ मानिसमा कोभिड–१९ सर्ने धेरै जोखिम हुनुपर्ने हो। कोभिड–१९ संक्रमित व्यक्तिले खाना बनाउँदा नभए खाना पस्केर दिँदा वा सर्ब गर्दा भाँडाकुँडा त छोइन्छन् नै, कम्तीमा श्वास÷प्रश्वासका थोप्ला पनि खानामा पुग्ने निश्चित हुन्छ।

सैद्धान्तिकरूपमा खानामा श्वास÷प्रश्वासका थोप्ला पुग्ने निश्चित हुने हुँदा उक्त खाना खाने मानिसमा कोभिड–१९ सर्ने उच्च जोखिम देखिन्छ तर हालसम्म कोभिड–१९ संक्रमित व्यक्तिहरूद्वारा बनाइएको खानामार्फत कोभिड–१९ संक्रमण फैलिएको कुनै पनि प्रमाण भेटिएको छैन।  

यो यथार्थता क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको प्रोभिन्सल हेल्थ सर्भिस अथोरिटीको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले खाद्य सुरक्षा शीर्षकमा प्रस्ट उल्लेख गरी प्रकाशित गरेको छ। अमेरिकाको फेडरल ड्रग एडमिनिस्ट्रेसन (एफडिए) को अनुभवमा समेत खाना वा खाना प्याकेजिङको माध्यमबाट समेत हालसम्म मानिसमा कोभिड–१९ संक्रमण फैलिएको कुनै पनि प्रमाण भेटिएको छैन भन्ने उल्लेख गरिएको छ।    

साबुन र डिसइन्फेकटेन्टका केमिकलहरू खाना पकाउँदासमेत नष्ट हुने गर्दैन। उल्टो तिनीहरू आमाशयमा पाचनको क्रममा उत्पादन हुने एसिडहरूसँग रियाक्सन गरी स्वास्थ्यलाई प्रतिकूल असर पार्ने तत्वमा परिवर्तन गरी शरीरलाई पाचन प्रक्रियाको उचित व्यवस्थापन गर्न नसक्ने बनाइदिन्छ।

हुन त कोभिड–१९ बाट संक्रमित व्यक्तिहरूद्वारा बनाइएको खाना खाँदा स्वस्थ मानिसमा कोभिड–१९ सरेको घटना भएको कहीँ कतै रिपोर्ट भएकोसमेत जानकारीमा आएको छैन। तर पनि कोभिड–१९ को संक्रमणबाट पूर्ण सुरक्षित रहन वा अर्को मानिसमा सर्ने सबै सम्भावनाका ढोका बन्द गर्न कोभिड–१९ को बिरामीलाई अरूका लागि खाना तयार गर्ने वा पस्किने काम नगर्न सल्लाह दिइएको हो।  

कोभिड–१९ को भाइरस संक्रमित व्यक्तिले छोएको कच्चा फल वा तरकारीहरू वा सलादहरू खाएर आजसम्म स्वस्थ मानिसमा कोभिड–१९ सरेको त्यस्तो कुनै प्रमाणसमेत भेटिएको छैन। तर पनि आमसर्वसाधारणको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि ताजा फलफूल र तरकारीहरू तयार गर्दा, खानुभन्दा पहिले चिसो, बगिरहेको, पिउने धाराको पानीमा मसारमुसुर पारी धोएर खान सल्लाह दिँदै आइएको छ। काँचै खाने सलाद फलफूललाई अन्य पकाएर खाने खानाको कच्चा पदार्थ भन्दा अलि छुट्टै राख्नसमेत सल्लाह दिइने गरिएको छ।  

अर्कोतर्फ वैज्ञानिक दृष्टिकोणबाट फलफूल तथा तरकारीहरू भाइरस मुक्त गर्ने नाममा साबुन पानीले वा कुनै पनि सेनिटाइजरले धुनु वा सेनिटाइज गर्नु नितान्त आपत्तिजनक कार्य मानिन्छ। फलफूल तथा तरकारीहरूले साबुन तथा सेनिटाइजरका केमिकलहरू सजिलै आफ्नो सेलवालभित्र सोसेर लिने गरेको भेटिएको छ। जसले मानिसमा वाक–वाक लाग्ने, वान्ता लगाउने, पेट कटक्क काट्ने तथा पखला लगाउन उत्प्रेरकको काम गर्छ। फलफूल तथा तरकारीहरूलाई साबुन पानीले धुने वा सेनिटाइजर छर्कने गर्दा फलफूल तथा तरकारीले सोस्ने साबुन र सेनिटाइजर दुवैले मानव स्वास्थ्यमा हानि गर्ने प्रमाणित भएकाले यो कार्यलाई जिएमपी वा गुड मेनुफेक्चरिङ प्राक्टिसविरुद्धको अपराध मानिन्छ।

साबुन र डिसइन्फेकटेन्टका केमिकलहरू खाना पकाउँदासमेत नष्ट हुने गर्दैन। उल्टो तिनीहरू आमाशयमा पाचनको क्रममा उत्पादन हुने एसिडहरूसँग रियाक्सन गरी स्वास्थ्यलाई प्रतिकूल असर पार्ने तत्वमा परिवर्तन गरी शरीरलाई पाचन प्रक्रियाको उचित व्यवस्थापन गर्न नसक्ने बनाइदिन्छ। फलतः स्वास्थ्य बिग्रने, आन्द्रामा रहेका मानवलाई हित गर्ने माइक्रोबायोमहरूमा समेत नकारात्मक असर दिने गरेको भेटिएको छ।  

नेपालको जनस्तरमा कोभिड–१९ संक्रमित इलाकाका किसानको तरकारी तथा फलफूल उत्पादनबाट कोभिड–१९ को भाइरस एक इलाकाबाट अर्को इलाकामा सर्ने कुरा सत्य नरहेको चेतना अभिवृद्धि गर्नुपर्छ। अनि किसानको उत्पादन नष्ट गर्न हैन कि उपभोक्ताले ढुक्क भएर उपभोग गर्न सक्ने विश्वास र मनोविज्ञान जगाउन जरुरी बनेको देखिन्छ।  
(खाद्य तथा औषधिविज्ञ, क्यानडा)

प्रकाशित: २६ जेष्ठ २०७७ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App