११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

स्याङजाका कोरोना संक्रमित एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण स्याङजा, बालिङका ६० वर्षिय पुरुषको निधन भएको छ। उनको गएराति पोखरा स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएको हो। उनलाई बालिङबाट हिजोमात्र उपचारको लागि पोखरा ल्याइएको थियो। अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनी मृगौला, मधुमेह लगायतका रोगबाट समेत पीडित थिए। मृतकका छोरी र श्रीमतिलाई मालेपाटनको क्वारिन्टिनमा राखिएको छ। उनलाई केही दिन अघि भारतीय सीमानाबाट उद्धार गरेर ल्याइएको थियो।

यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

 

प्रकाशित: २६ जेष्ठ २०७७ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App