पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिला छन्।
देवकोटाले नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । जसमा पुरुषहरु तीन हजार २१२ र २३६ जना रहेका छन् ।
साथै नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको जनाएका छन्। अहिलेसम्म ४६७ जना कोरोना मुक्त भएकर डिस्चार्ज भएका छन्। दुई हजार ९६८ जनाको देशभरका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशित: २५ जेष्ठ २०७७ १०:५३ आइतबार