विदेशमा कोरोनाबाट थप २ को मृत्यु, मृतक संख्या ३ सय १९ पुग्यो
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथअफ्रीकामा १ जनाको निधन भएको हो।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथअफ्रीकामा १ जनाको निधन भएको हो।
गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ।
लण्डनस्थित इष्टकोट ट्रेन स्टेशनमा एक नेपालीको हत्या भएको छ।
विगत १५ वर्षदेखि नेपालमा कैद भुक्तान गरिरहेका अन्तर्राष्ट्रिय रूपमा चर्चित अपराधी चाल्स शोभराजको जीवनीमा आधारित टेली चलचित्र प्रशारण हुने भएको छ।
फ्रान्सको राजधानी पेरिसमा भैरवको बिशाल र अदभूत मुकुट (मुकुन्डो) बिक्री भएको छ। नेपालमा १५/१७ शताब्दीको बीचमा बनेको अनुमान गरिएको सो मुकुन्डो अनलाइन अक्शनमार्फत ५० हजार युरो अर्थात ७० लाख रुपैयाँमा बिक्री भएको हो। तामामा सुनको जलप लगाइएको र विभिन्न पत्थर जडित सो मुकुन्डो निकै कलात्मक रहेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पदमा अर्यालले नेपाल र भारतबीचको सीमा विवादमा बोल्न सरकारलाई अप्ठ्यारो हुने बताएकी छन्।
रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्।
नेपाली दूतावास लण्डनको सकृयतामा युके नेपाल व्यापार तथा लगानी मञ्च गठन भएको छ। नेपाली दूतावास लण्डनका अनुसार बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको सोमवार दूतावास भवनमा आयोजिक बैठकले सो मञ्च गठन गर्ने निर्णय गरेको हो।
कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपियाँ सहयोग गर्ने भएको छ। नेपाल पत्रकार महासंघ वेलायत शाखामा उपमहासचिव नरेन्द्र बस्नेतका अनुसार शनिबार लण्डनमा जुममार्फत बसेको शाखको बैठकले महासंघको आपतकालिन कोषमा २० लाख अक्षय कोषमा र बाँकी ३ लाख कोरोना प्रभावित श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गर्नको लागि प्रदान गर्ने निर्णय गरेको हो।
कोरोना महामारीका कारण बेलायतमा अड्किएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन्। उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन्। १ सय ४६ जना नेपाली लन्डनको ग्याटवीक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको नेपाली दुतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।
कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ। सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो। गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन्।
कोभिड १९ का कारण लामो समयदेखि बेलायतमा अलपत्र परेका नेपालीहरुको लागि स्वदेश फर्किनेबाटो खुलेको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार आगामी जुन २४ र २६ तारिख बेलायतमा रहेका ३ सय १६ जना नेपालीको उद्धार हुन लागेको हो।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ।
सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ। पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो।