११ वैशाख २०७८ शनिबार
चिरन शर्मा


चिरन शर्माका लेखहरु :

गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन विभेद नगरिने

नेपालका सांसद तथा पूर्व मन्त्रीले संविधानले तोकेको अधिकार प्राप्त गर्नमा गैर आवासीय नेपालीहरुलाई कुनै बाधा नरहेको जनाएका छन्।

१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार

नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशमा विस्तार गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।

बेलायतबाट नेपाल आउने यात्रुको लागि सशर्त हवाई यात्रा अनुमति

बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियेन्ट’ फेला परेपछि एक महिनाअघि नेपाल सरकारले लगाएको यात्रामा प्रतिबन्ध हटेको छ।

विदेशमा कोरोनाबाट थप २ को मृत्यु, मृतक संख्या ३ सय १९ पुग्यो

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथअफ्रीकामा १ जनाको निधन भएको हो।

एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने

गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ।

बीबीसीले चाल्स शोभराजको जीवनमा आधारित टेलिसिरियल प्रशारण गर्दै

विगत १५ वर्षदेखि नेपालमा कैद भुक्तान गरिरहेका अन्तर्राष्ट्रिय रूपमा चर्चित अपराधी चाल्स शोभराजको जीवनीमा आधारित टेली चलचित्र प्रशारण हुने भएको छ।

पेरिसमा झन्डै ५ सय वर्ष पुरानो भैरवको मुकुट ७० लाखमा बिक्री

फ्रान्सको राजधानी पेरिसमा भैरवको बिशाल र अदभूत मुकुट (मुकुन्डो) बिक्री भएको छ। नेपालमा १५/१७ शताब्दीको बीचमा बनेको अनुमान गरिएको सो मुकुन्डो अनलाइन अक्शनमार्फत ५० हजार युरो अर्थात ७० लाख रुपैयाँमा बिक्री भएको हो। तामामा सुनको जलप लगाइएको र विभिन्न पत्थर जडित सो मुकुन्डो निकै कलात्मक रहेको छ।

सीमा विवादबारे बोल्न अप्ठ्यारो छः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पदमा अर्यालले नेपाल र भारतबीचको सीमा विवादमा बोल्न सरकारलाई अप्ठ्यारो हुने बताएकी छन्।

रुसमा बस्ने एक नेपालीले लिए कोरोनाविरुद्धको भ्याक्सिन

रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्।

लर्ड शेखको अध्यक्षतामा बेलायत - नेपाल व्यापार तथा लगानी मञ्च गठन

नेपाली दूतावास लण्डनको सकृयतामा युके नेपाल व्यापार तथा लगानी मञ्च गठन भएको छ। नेपाली दूतावास लण्डनका अनुसार बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको सोमवार दूतावास भवनमा आयोजिक बैठकले सो मञ्च गठन गर्ने निर्णय गरेको हो।

कोरोना प्रभावित पत्रकारका लागि महासंघले बनाएको कोषमा बेलायतबाट २३ लाख सहयोग

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपियाँ सहयोग गर्ने भएको छ। नेपाल पत्रकार महासंघ वेलायत शाखामा उपमहासचिव नरेन्द्र बस्नेतका अनुसार शनिबार लण्डनमा जुममार्फत बसेको शाखको बैठकले महासंघको आपतकालिन कोषमा २० लाख अक्षय कोषमा र बाँकी ३ लाख कोरोना प्रभावित श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गर्नको लागि प्रदान गर्ने निर्णय गरेको हो।

बेलायतबाट १ सय ४६ जनाको उद्धार

कोरोना महामारीका कारण बेलायतमा अड्किएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन्। उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन्। १ सय ४६ जना नेपाली लन्डनको ग्याटवीक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको नेपाली दुतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ। सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो। गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्