२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ओमानबाट आए नेपाली

कोभिड १९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उक्त विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएर बसमा बसेर बाहिर आएका छन् ।

कोभिड–१९ प्रभावित व्यवसायीलाई करमा सहुलियत दिइने

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम मार्फत कोभिड–१९ को कारणले प्रभावित भएका महानगरभित्रका संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति अघि सारेको छ।

आत्महत्या गरेका दुईजनामा पनि संक्रमण पुष्टि

प्रदेश ५ मा मृत्यु भएका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार मृत्यु भएकी महिला र अर्घाखाँचीको क्वारेन्टिनमा बुधबार बिहान आत्महत्या गर्ने ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

२८ दिन बित्दा पनि आएन रिपोर्ट

रौतहटका दुई नगरपालिकाका क्वारेन्टिनमा रहेका केही व्यक्तिको कोरोना परीक्षण रिपोर्ट स्वाब पठाएको महिना बित्न लाग्दा समेत आइपुगेको छैन। राजपुर र गढीमाई नगरपालिकाका पाँचवटा क्वारेन्टिनमा रहेकाको स्वाब पठाएको तीनचार साता बित्दा समेत रिपोर्ट नआएको सम्बन्धित नगरप्रमुखले बताएका छन्।

असारभित्र संक्रमित ४० हजार पुग्ने अनुमान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित संख्या ४० हजार पुग्नसक्ने आन्तरिक प्रक्षेपण गरेको छ। मन्त्रालयले ४० हजार संक्रमित पुग्नसक्ने भन्दै त्यसै अनुसार तयारी थाल्न मार्गदर्शन बनाएको छ।

मन्त्री पोखरेल नेतृत्वको कोभिड समिति निष्क्रिय

कोरोना (कोभिड–१९) भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति निष्कृय भएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बनेको उक्त समितिले सन्तोषजनक काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई निष्क्रिय बनाएका हुन्।

पत्रकारलाई प्रेस ज्याकेट

नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट (एप्रोन) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारलाई यूनियनले प्रेस लेखिएको ज्याकेट प्रदान गरेको हो । राजनीतिज्ञ एबं ईन्जिनियर धर्मराज पोखरेलको प्रायोजनमा यूनियनले ३२ हजार मूल्य बराबरको २० थान ज्याकेट प्रदान गरेका हुन् ।

आइसोलेसनका लागि स्वास्थ्य सामग्री

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागले रोल्पा सदरमुकाममा स्थापना गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ र रोल्पा अस्पतालका लागि ठूलो मात्रामा बिभिन्न स्वास्थ्य सामाग्री पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल र जिल्ला प्रसाशन कार्यालयमा पठाइएका उक्त सामग्री प्रतिनिधि सभा स्वास्थ्य तथा जनसंख्या समिति सभापती जयपुरी घर्तीले एक औपचारीक कार्यक्रमका बीच हस्तान्तरण गरेकी हुन् ।

कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। अस्पतालमा भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ६ निवासी ४६ बर्षिया महिलाको सोमबार बेलुकी साढें ६ बजेतिर शंकास्पद मृत्यु भएको थियो।

कोरोना कहर : खाद्य असुरक्षा २३ प्रतिशतमा पुग्यो

कोरोना भाइरस महामारीका कारण खाद्य असुरक्षा बढेर २३ प्रतिशतमा पुगेको एक सर्भेक्षणले देखाएको छ। राष्टञव्यापी रुपमा लकडाउनको एक महिनापछि गरिएको अध्ययनले खाद्य असुरक्षा पहिलेभन्दा ८ प्रतिशत बिन्दुले बढेको देखाएको हो।

कोरोना संक्रमण बढेपछि ‘आफ्नो घर, आफै शिल’

कोरोना भाइरसको उच्च जोखिम बढ्न थालेपछि दैलेखका गाउँगाउँमा स्थानीयहरुले आआफ्नो घर शिल गरेका छन्। उनीहरुले बाहिर वा गाउँकै अन्य ब्यक्तिहरु घरमा सहज छिर्न नपाउन भनेर घर शिल गरेका हुन्।

विदेशबाट आएकामा कोरोनाको कडा लक्षण

एक साताभित्र विभिन्न देशबाट नेपाल ल्याइएका कोरोना संक्रमितहरुमा कडा खालको लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार उनीहरुमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने लक्षणहरु छन्।

डोटीमा स्वास्थ्य सामाग्री पुर्याइने

कोरोना भाइरसको चपेटामा परेका डोटी जिल्लाका केआइसिंह गाउँपालिका र शिखर नगरपालिकाका लागि पश्चिम महिला जागरण समूहको संयोजनमा स्वास्थ्य सामाग्री संकलन गरिएको छ ।

बागमती प्रदेश बजेट : ५१ अर्ब ४२ करोड विनियोजन

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बागमती प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट पेस गरे ।

क्वारेन्टिन : कतै बिजोग कतै रहरलाग्दो

घोडाघोडी नगरपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालित क्वारेन्टिनको अवस्था दयनीय छ । एउटै कोठामा १५ जनासम्म बसेका छन् । क्वारेन्टिन स्थलमा शौचालय नहुँदा राति बाहिर गएर शौचालय गर्नुपर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभाव, विद्युत्, गर्मीजस्ता समस्या क्वारेन्टिनमा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्