७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकारलाई प्रेस ज्याकेट

प्रेस यूनियनलाई प्रेस ज्याकेट हस्तान्तरण गर्दै धर्मराज पोखरेल (दायाँबाट तेश्रो) । तस्बिर : नागरिक

नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट (एप्रोन) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारलाई यूनियनले प्रेस लेखिएको ज्याकेट प्रदान गरेको हो । राजनीतिज्ञ एबं ईन्जिनियर धर्मराज पोखरेलको प्रायोजनमा यूनियनले ३२ हजार मूल्य बराबरको २० थान ज्याकेट प्रदान गरेका हुन् ।  

बुधबार दिक्तेलस्थित होटल सगरमाथामा भएको कार्यक्रममा पोखरेलले प्रेस यूनियनका अध्यक्ष उत्तम चौंलागाईलाई ज्याकेट हस्तान्तरण गरेका थिए । पोखरेलबाट प्राप्त भए लगत्तै प्रेस ज्याकेट क्रियासिल पत्रकारलाई प्रदान गरेको यूनियनले जनाएको छ । महामारीका क्रममा जोखिम मोलेर काम गरिरहेका पत्रकारको मनोवल बढाउनका लागि प्रेस ज्याकेट उपलव्ध गराइएको प्रेस यूनियनका अध्यक्ष चौंलागाईले बताए ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल काठमाडौं निवासी पोखरेल कांग्रेसका जिल्ला उपसभापति समेत हुन् । पोखरेलले आगामी दिनमा पनि क्रमशः पत्रकारलाई सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् । यस्तै, प्रमुख अतिथिका रुपमा कांग्रेसका अर्का उपसभापति नवराज केसीले पार्टीकारिता नभै स्वतन्त्र पत्रकारिता गर्न आग्रह गरेका छन् ।  

कार्यक्रममा कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख सुमन आचार्य, जिल्ला सदस्य प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, सम्पादक समाजका अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्ण आचार्य, पत्रकार महासंघका उपाध्यक्ष रामधन राई, दिक्तेल रुपाकोट मझुवागढीका नगरसभापति दुर्गाप्रसाद घिमिरे, नेपाल विद्यार्थी संघका सभापति राजकुमार बस्नेत, प्रेस युनियन खोटाङका पूर्वअध्यक्ष दिलिप खत्री, रुपाकोट रेडियोका स्टेशन मेनेजर सुर्य तामाङ लगायतको उपस्थिती थियो ।  

यस्तै, प्रेस युनियन जिल्ला शाखा काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियन जिल्ला शाखालाई एक सय थान सर्जिकल मास्क, आठ थान एन ९५ मास्क, एक सय थान सर्जिकल ग्लोब्स र ५ लिटर सेनिटाइजर उपलब्ध गराएको यूनियनका अध्यक्ष चौंलागाईले बताए ।

प्रकाशित: ३ असार २०७७ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App