संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन्।
चौथो विश्व शान्ति पूजाका अवसरमा विहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन योगदान पुगेको बताए।
ज्ञानबाट धनतिर जानलागेको समाजलाई बुद्ध मार्ग कै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने उनको भनाइ थियो। मन्त्री पाण्डेले नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एक पटक नेपाल आउनु पर्ने बताउँदै एकपटक आएकोले पटकपटक आउने वातावरण बनाउनु आवश्यक रहेको उल्लेख गरे।
विश्व एक परिवार भएकाले विश्वभर एकता र मेलमिलाप हुनु पर्नेमा उनको जोड थियो।
प्रकाशित: १३ मंसिर २०८१ १८:०८ बिहीबार