१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

आइसोलेसनका लागि स्वास्थ्य सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जयपुरी घर्ती । तस्बिर : दिनेश/नागरिक

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागले रोल्पा सदरमुकाममा स्थापना गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ र रोल्पा अस्पतालका लागि ठूलो मात्रामा बिभिन्न स्वास्थ्य सामाग्री पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल र जिल्ला प्रसाशन कार्यालयमा पठाइएका उक्त सामग्री प्रतिनिधि सभा स्वास्थ्य तथा जनसंख्या समिति सभापती जयपुरी घर्तीले एक औपचारीक कार्यक्रमका बीच हस्तान्तरण गरेकी हुन् ।  

बिभागले पठाएको सामग्रीमा बेड सेट ५० थान, आरडिटी किट १ हजार, अक्सिजन कन्सेन्ट्रर १ थान, पिपिइ सेट १ सय थान, सेनिटाइजर, एन ९५ मास्क ५० थान रहेको छ । त्यसैगरि सर्जिकल मास्क थान ५ हजार, पञ्जा २ सय जोर, गम बुट, आइआर थर्मोमिटर, डिजिटल थर्मोमिटर थान, पल्स अक्सिमिटर लगायतका सामग्री रोल्पा आएको हो । केहि महिना अघि पनि स्वास्थ्य सेवा बिभागले २ हजार थान आरडिटी किट रोल्पा पठाएको थियो ।  

जिल्ला अस्पताल परिसरमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा आफूले बिशेष पहल गरेर स्वास्थ्य सामग्री रोल्पा ल्याएको प्रतिनिधि सभा स्वास्थ्य तथा जनसंख्या समिति सभापती जयपुरी घर्तीले बताईन् । ‘रोल्पामा स्वास्थ्य सामग्रीको अभाव भएको थाहा पाएपछि यि सामग्री रोल्पा ल्याउने वातावरण तयार गरेको हु ।’ कार्यक्रममा बोल्दै घर्तीले बिपदको घडिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई बिशेष धन्यवाद दिएकी थिईन् । 

प्रकाशित: ३ असार २०७७ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App