२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डोटीमा स्वास्थ्य सामाग्री पुर्याइने

कोरोना भाइरसको चपेटामा परेको डोटी जिल्लाका केआइसिंह गाउँपालिका र शिखर नगरपालिकाका लागि पश्चिम महिला जागरण समूहको संयोजनमा स्वास्थ्य सामाग्री संकलन गरिएको छ ।  

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा समूहलाई ललितपुरको प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेशन, सिंगापुर रेडक्रस र रैका टुर्स एन्ड टे«क्सले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । उनीहरूले स्थानिय निकाय प्रत्येकलाई दश–दश थान पिपिई सेट, गम बुट, फेस सिल्ड, सर्जिकल मास्क, के एन ९५ मास्क, सेनिटाइजर र २४ सेट फस्ट एड किट हस्तान्तरण गरेका हुन् । त्यसमा रैका टुर्स एन्ड टे«क्सले दुई हजार थान मास्क, दुई सय थान सेनिटाइजर र २० दर्जन साबुन थपिदिएको छ ।    

दाता संस्थाहरूका तर्फबाट कलाकार हरिबंश आचार्य, समाजेवी रमिला आचार्य, गायिका आनि छोइङ डोल्मा, कल्पना छेत्री, बद्रीराज तिमल्सिना र अमरबहादुर शाहीले समूहकी अध्यक्ष गोदावरी शिंह शाहीलाई ती सामान हस्तान्तरण गरेका हुन् ।  

‘प्राप्त स्वास्थ्य सामाग्रीमा हामी मास्क थपेर चाँडै नै सम्बन्धित निकायमा पु¥याउनेछौं’, समूहकी अध्यक्ष शाहीले भनिन् । उनले आगामी दिनमा पनि सहयोग अभियान जारी राख्ने वताइन् ।  

समूहले सुदूरपश्चिमको सामाजिक विकासमा योगदान गर्दै आएको छ ।  

प्रकाशित: २ असार २०७७ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App