बाढीपहिरोको उच्च जोखिममा मंगलाघाट बजार
गए रातीदेखि परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दीको सदरमुकाम बेनीबजारका ८ घरमा क्षति गरेको छ । बस्तीभन्दा माथिबाट खसेको बाक्लो लेदोसहितको ढुङ्गामाटो पहिरोले बेनी नगरपालिका–७, मंगलाघाटका करिब १० घरमा क्षति पुर्याएको हो । बाढीपहिरोले मङ्गलाघाटका रुद्रबहादुर सुनारको घर तथा जीवन सापकोटाको ग्यारेजमा क्षति गरेको स्थानीय पुष्पा खड्का थापाले बताईन् ।