८ वैशाख २०८१ शनिबार
समाज

खोलानाला अतिक्रमणले जलमग्न धनगढी

सुदूरपश्चिम प्रदेशकोराजधानीरहेको धनगढीमा पछिल्ला वर्षमा सामान्य वर्षामा हुँदा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजारलगायत बस्तीहरू जलमग्न हुन थालेका छन्। सामान्य वर्षातमा पनि नगरवासीले डुबानको सास्ती झेल्नु परेको छ। घरर पसलभित्र पानी पसेर सामान नष्ट हुनुका साथै स्थानीय केही दिन विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ। शनिबारदेखि अविरल वर्षाले धनगढी जलमग्न भएर यहाँका स्थानीयवासीको बेहाल भएको छ। घरभित्र पानी पसेर विस्थापित भएकाहरूले मनकारीका साथै संघसंस्थाले मेस चलाएर खाना खुवाएका छन्।

धनगढी डुबानको मुख्य कारण उत्तरतिरबाट दक्षिततर्फ बग्ने आधा दर्जन खोलानालाहरू अतिक्रमण भएको स्थानीय बताउँछन्। यी खोलानाला अतिक्रमण गरेर संरचना निर्माण भएका कारण पानी थुनिएर बस्तीर नगर डुबानमा पर्ने गरेको हो। तीन दसकअघिसम्म खोलारहेकोरातो पुलको अहिले नामनिसाना छैन। ठूलो नालारहेकोरातोपुल अतिक्रमणको चपेटामा परेको हो। नाला अतिक्रमण गरेर घर निर्माण गरिएपछि पछिल्लो समयमारातोपुल, सन्तोषीटोल, बैयाबेहडी, उत्तरबेहडीररातोपुल क्षेत्र डुबानमा पर्ने गरेको स्थानीयराजेन्द्र चौधरीले बताए।

यसैगरी धनगढीकै कैलाली पुलमा ७५ प्रतिशत नाला अतिक्रमण भएर संरचना भइसकेका छन्। पुलको आधा बढी भागमा संरचना बनेका छन्। कैलाली नालामा अतिक्रमण हुँदा तारानगर, उत्तरबेहडी डुबानमा पर्ने गरेको हो। पञ्चोदय नाला पनि पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेको छ। सामुदायिक प्रहरी भवनदेखि दक्षिणतर्फ त्रिनगर माध्यमिक विद्यालयसम्म नाला अतिक्रमणमा परेको स्थानीयवासीको भनाइ छ। नाला मिचेर ठूलठूला संरचना निर्माण भइसकेका छन्। जिल्ला प्रहरी कार्यालय नजिकै भएर बग्ने नाला पनि वर्षौदेखि अतिक्रमणको चपेटामा परेको छ। धनगढीकै सेतोपुल नाला पनि अतिक्रमण हुँदा शिवनगर, क्याम्पसरोड, गाउँधनगढी, नवदुर्गाटोल डुबानमा पर्ने गरेको स्थानीय बताउँछन्।  

‘हामीले घर बनाउँदा यहाँ पानी पस्दैन थियो,’ स्थानीय विकास मन्नीले भने,‘अहिले भने यहाँ घरभित्र पानी पस्न थालेको छ।’ घरभित्र पानी पस्नुको मुख्य कारण चौडारहेको नाला पछिल्लो समयमा अतिक्रमण भएको उनले बताए। अढाइ दशकपहिला खोलानालारहेको जमिन अतिक्रमण गरेर नगरविकास समितिका पदाधिकारी,राजनीतिक दलका केही नेता, नापीर मालपोतका कर्मचारीको संलग्नतामा व्यक्तिका नाममा लालपुर्जा बनाइसकेका छन्। नालाको जमिन व्यक्तिले लालपुर्जा बनाइ संरचना निर्माण गरेपछि पछिल्ला दिनमा धनगढी डुबानमा पर्ने गरेको नागरिक समाजका हरिरेग्मीले बताए।  

थोरै वर्षाले धनगढी उपमहानगरपालिकाका विभिन्न भू–भाग डुबानमा पर्ने गरेको छ। वर्षाले सबैभन्दा बढी धनगढीको चटकपुर, मिलनचोक, शिवनगर, विशालनगर, उत्तरबेहडी, तारनगर, एलएनचौक क्षेत्र डुबानमा पर्ने गरेको छ। यी ठाउँमा पानीको सहज निकास नहुँदा डुबान हुने गरेको हो। खोला नाला मिचेर संरचना बनाएका कारण धनगढी डुबानमा परेको बताउँदै नागरिक समाजका अगुवा प्रमोद पाठकले भने, ‘खोला नाला अतिक्रमण गराएर संरचना बनाउनमा संलग्न व्यक्ति, कर्मचारी,राजनीतिक दलका पदाधिकारी सबै अपराधी हुन्।’  

उनले यसलाई छानविन गरेर कारबाही गर्नुपर्ने बताए। खोला नाला अतिक्रमण गरेर बनाइएको संरचना भत्काइनु पर्ने उनको भनाइ छ। यस्तै ६ लेन सडक अग्लो भएपछि धनगढीको विशालनगर क्षेत्रको पानी बग्न नपाउँदा सो क्षेत्र डुबानमा पर्ने गरेको धनबहादुर बोहराले बताए। धनगढी उपमहानगपालिकाका इन्जिनियर दीजराज भट्टले धनगढी डुबान प्राकृतिक रूपमा पानी बग्ने ठाउँमा घर, सडक निर्माण हुँदा बहावरोकिएर डुबान पर्ने गरेको बताए।

‘पहिले खेतमा पानी जम्थ्यो,’ उनले भने ‘अहिले त्यहीँ खेतमा संरचना बन्दा डुबानको समस्या स्वतः निम्तियो।’ उनले अल्पकालीन रूपमा खोला नालामा मानिसले भवन बनाउने तथा मिच्ने गर्नाले डुबानको समस्या बल्झँदै गएको बताए। नाला मिचिनुका साथै ढलमा फोहोर जम्नु पनि बस्ती डुबानको अर्को कारणरहेको उनी बताउँछन्।

प्रकाशित: २७ श्रावण २०७७ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App