coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

बाढीले मनाङमा एकअर्का गाउँबीच सम्पर्क बिच्छेद

भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ ।

तालाचाँबी भारतको हातमा, दोष नेपाललाई

नदीसम्बन्धी संयुक्त राष्ट्रसंघीय कानुनको धारा ७ मा अन्तर्राष्ट्रिय नदी आफ्नो सीमावर्ती क्षेत्रमा प्रयोग गर्ने मुलुकले अर्काे मुलुकलाई हानिनोक्सानी नपुग्ने गरी सावधानी अपनाउनुपर्ने भनी उल्लेख गरिएको छ । तर, भारतले भने यसको बेवास्ता गर्दै सीमा क्षेत्रमा बाँध, तटबन्ध तथा सडक निर्माण गर्ने गरेको छ ।

खोलानाला अतिक्रमणले जलमग्न धनगढी

सुदूरपश्चिम प्रदेशकोराजधानीरहेको धनगढीमा पछिल्ला वर्षमा सामान्य वर्षामा हुँदा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजारलगायत बस्तीहरू जलमग्न हुन थालेका छन्। सामान्य वर्षातमा पनि नगरवासीले डुबानको सास्ती झेल्नु परेको छ। घरर पसलभित्र पानी पसेर सामान नष्ट हुनुका साथै स्थानीय केही दिन विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ। शनिबारदेखि अविरल वर्षाले धनगढी जलमग्न भएर यहाँका स्थानीयवासीको बेहाल भएको छ। घरभित्र पानी पसेर विस्थापित भएकाहरूले मनकारीका साथै संघसंस्थाले मेस चलाएर खाना खुवाएका छन्।

डुबान र बाढीको पीडामा सुस्तावासी

बाढीले घर भत्किएपछि उनको घरमा पनि खानेकुरा तथा लत्ताकपडा केही छैनन् । ‘न बस्ने बास रह्यो न खाने कुरा नै छ हामी त बर्बाद भयौं’ चमारले भने । सोमबारदेखि निरन्तर भइरहेको वर्षाले पुनः यहाँ डुबाल परेको छ ।

डुबान र बाढीको पिडामा छट्पटाउदै सुस्ता

नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणी पारीको सुस्ताकी पार्वती भरको घर बाढीले भत्काइ दिएको ७ दिन भयो । साउन ६ गते बस्ती पसेको नारायणीले घरसंगै लत्ताकपडा अन्नपात सबै नास गरीदियो । बाख्रा, कुखुरा बाढीमै बगे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्