बिहानीको किरणमा
बिहानीको किरणमा, शीतको थोपा टल्किएझैँ, तर्किएर हिँड्छ्यौ किन, पानीमा तेल तर्किएझैँ।

नयाँ बेहुली रीता दैलो नाघेर भित्र छिरेको केहीबेरमै सासूको नजिक आइन्।
बिहानीको किरणमा, शीतको थोपा टल्किएझैँ, तर्किएर हिँड्छ्यौ किन, पानीमा तेल तर्किएझैँ।
झिलिमिलीमा रमाउँदा, पल–पलमै हराउँदा, छैन टेक्ने हाँगा मलाई, छैन डाली समाउँदा। ताउलीमा जाउली भए, मात्र खान पाइन्छ, ताल, सुर र लय मिले, मात्र गीत गाइन्छ।
मैले हाँस्दै भनेँ, ‘दुध चिया, कालो चिया, रातो चिया, मसला चिया- आफ्नो रोजाइको।’
उता बाहिर हुरी चल्यो, यता मेरो मन जल्यो, हामी मिली सजाएको, मन-मन्दिर आज ढल्यो। दोष कसको कति थियो, हिसाब अब कसले गर्ने? आगो बाल्ने धेरै थिए, क्षति हाम्रो कसले भर्ने?
हिँड्दा हिँड्दै थकित छु‚ हार मेरो होइन यो, नयाँ जोस र उर्जाले‚ फेरि उठ्ने तयारी हो।
घरिघरि हराउने, आफन्तीलाई सताउने, हाम्रो माया लत्याउने, परदेशीलाई पत्याउने।
पर्खौं माया एक रात, अग्राख कतै पलाउँछ कि, करुणाले हाम्रो प्रीति, दुबोसरी फैलाउँछ कि!
हुरीको आउने पालो, पुराना पात झर्ने पालो, हारै हारको जिन्दगीमा, फेरि मेरो हार्ने पालो।
