७ आश्विन २०८१ सोमबार
image/svg+xml

सिन्धुलीको मुलकोट बजारमा एक साता लकडाउन

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोट बजार बुधबारदेखि एक हप्तालाई लकडाउन गरिएको छ।

निषेधाज्ञाको मुखमा ९२ अंकले बढ्यो नेप्से

दोस्रो लहरको कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाको मुखैमा मंगलबार सेयर मापक परिसूचक नेप्से ९२ बिन्दुले बढेको छ। यसअघिका दुई दिन नेप्से लगातार घटेको थियो। सोमबारको तुलनामा यसदिन नेप्से ९२.४६ ले बढेर २५९९ बिन्दुमा पुग्यो। निषेधाज्ञाको त्रासका कारण सर्वसाधारण त्रसित भइरहेको बेला नेप्से बढेको हो।

निषेधाज्ञा अवधि खेर नफाल्न विज्ञको सुझाव

निषेधाज्ञाको अवधिमा महामारी नियन्त्रणका लागि रणनीति र कार्ययोजना घोषणा गरी अगाडि नबढाए यो अवधि त्यत्तिकै खेर जाने र फेरि जस्ताको तस्तै स्थिति आउन सक्नेमा विज्ञ चिन्तित देखिएका छन्। नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की कोरोनाको दोस्रो लहर आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगरेको बताउँछन्।

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु हुने भएको छ ।

वीरगन्जमा १६ गतेदेखि निषेधाज्ञा जारी

जिल्ला प्रसाशन कार्यालय पर्साले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बैशाख १६ अर्थात आउदो बिहीबार बिहान ४ बजेदेखि एक हप्ताको लागि निषेधाज्ञा घोषणा गरेको छ। नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि पर्सा जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।

कास्कीमा १५ गतेदेखि एक साता निषेधाज्ञा

कोरोनाको दोस्रो लहरले भारतीय सीमा क्षेत्रमा भयावहको अवस्था आईसकेको छ। पोखरामा कोरोनाको सर्तकता र सजगताको लागि प्रशासनले सोमबार साँझ अबेर मात्रै एकसाता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। निषेधाज्ञासँगै कोरोनाको ओसारपोसार कम हुने अपेक्षा र विश्वास छ।

उपत्यकामा वैशाख २२ गतेदेखि पुन: निषेधाज्ञा थपिने

काठमाडौं उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। निषेधाज्ञाको खबर सार्वजनिक भएसँगै विहानै देखि बसपार्कमा गाउँ फर्फिने मान्छेको ठुलो भीड लागिरहेको छ।

संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा

चिकित्सकका अनुसार कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) कम्तीमा तीन साता निषेधाज्ञा चाहिन्छ। यो अवधि जनघनत्वमा पनि भर पर्छ। ‘थोरै जनसंख्या भएमा कम र बढी जनसंख्या भएमा बढी समय लाग्छ’, डा. पुनले भने। सशस्त्र प्रहरी बल अस्पतालका कोभिड १९ उपचार संयोजक डा. प्रवीन नेपालले पनि वर्तमान अवस्थामा निषेधाज्ञाबाहेक अन्य विकल्प नभएको बताए।

काठमाडौं उपत्यकामा बिहीबारदेखि एक साता निषेधाज्ञाः के बन्द, के खुल्ला?

काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

उपत्यकामा निषेधाज्ञा लगाउने अन्तिम तयारी

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ।

सुर्खेतमा १४ गते रातिदेखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय १४ गते राति १२ बजेदेखि लागू हुने एकसातासम्मका लागि निषेधाज्ञा जारी गरेका हो ।सक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको थियो। उक्त निर्णय जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गर्ने छ।

बर्दिबास घटनाः निषेधाज्ञा तोड्दै प्रदर्शन जारी

प्रदर्शन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागि बर्दिबासका एक जनाको मृत्यु भएपछि स्थानीयहरुले बुद्यबार बिहानदेखि पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन्।

सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा, देउसी भैलो खेल्न पनि निषेध

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

चाडपर्व लक्षित गरेर सुनसरीमा निषेधाज्ञा जारी

कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ।

आन्दोलन चर्किएपछि बुटवलका यी क्षेत्रमा निषेधाज्ञा, ५ जना भन्दा धेरै भेला हुन रोक

प्रदेश नं. ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको बिरोधमा आन्दोलन चर्किन थालेपछि प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्