७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कास्कीमा १५ गतेदेखि एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि बुधबारदेखि एकसाताको लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको छ । पोखरामा दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। बैशाख पहिलो साता ४० को हाराहारीमा संक्रमित देखिदाँ तेस्रो साता आईपुग्दा डेढसयको संख्यामा देखिन थालेको छ।

कोरोनाको दोस्रो लहरले भारतीय सीमा क्षेत्रमा भयावहको अवस्था आईसकेको छ। पोखरामा कोरोनाको सर्तकता र सजगताको लागि प्रशासनले सोमबार साँझ अबेर मात्रै एकसाता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। सर्वसाधारण आफैं सचेत हुनुपर्ने अवस्था रहेको जनाउँदै प्रशासनले निषेधाज्ञाले न्युनिकरणमा सहयोगी भूमिका खेल्ने बिश्वास गरेकाे छ।  

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी सूचनामा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका सबै प्रकार शैक्षिक संस्था, तालिम प्रशिक्षण केन्द्र तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने पठन पाठन लगायतका सबै परीक्षा स्थगित गर्ने उल्लेख छ। त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटि पार्लर, शैलुन, टेलरिङ, फुटपाथ पसलहरु लगायत नखोल्न तथा सञ्चालन नगर्न निर्देश गरिएको छ।  

विवाह, ब्रतबन्ध एवं अन्य सँस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न नपाईने उल्लेख छ । घरमै पनि सञ्चालन गरिने त्यस्ता कार्यक्रममा १५ जना भन्दा बढी व्यक्ति सहभागि हुन नपाईने गरी कडाई गरिएको छ।  औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सैं घण्टा खुला रहने जनाइएको छ। 

दैनिक उपभोग्य खाद्यान्न पसल, निर्माण सामाग्रीका पसलहरु विहान ५ बजदेखि साँझ ८ बजेसम्म मात्रै सञ्चालन हुने छ। स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधी तथा औषधिजन्य उत्पादन तथा विक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका सरकारी तथा गैसरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु प्रवाह नगर्ने समेत उल्लेख छ। सर्वाजनिक तथा निजी सवारी साधनहरु जोर तथा विजोर प्रणालीमा सञ्चालन गर्न समेत जिल्ला प्रशासनले उल्लेख गरेको छ। 

प्रकाशित: १४ वैशाख २०७८ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App