७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा

मंगलबार थपिए ४१९ संक्रमित, २ को मृत्यु

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को  मंगलबार बसेको बैठकले यही वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय गरेको हो । डीसीसीएमसीको सिफारिशमा प्रमुख जिल्ला अधिकारीले भोलि (बुधबार) औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्नेछन् ।  

१६ गते बिहान १ बजेदेखि दुई साताका लागि निषेधाज्ञा लगाउन सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । उद्योगी,व्यवसायी स्थानीय तह तथा राजनीतिक दलहरुसंग छलफल, परामर्स गरी यस्तो निर्णय गरीएको थापाले बताए ।  

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेछन् । अति आवश्यक सवारी साधन, शान्ति सुरक्षा, स्वास्थ्य सेवा, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोर मैला, इन्धन व्यवस्थापन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक बस्तु तथा मालसामान ओसार पसार गर्ने ढुवानीका साधनहरु चल्ने छन् । अत्यावश्यक बाहेकका पसल व्यवसाय पनि बन्द गरीने छ । 

मंगलबार २ को मृत्यु, ४१९ संक्रमित थपिए

रुपन्देहीमा आज ४१९  जना कोरोना संक्रमित थपिएका छन् । ६४० जनाको स्वाब परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यससंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ८८७ पुगेको छ । मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।  

मंगलबार थपिएका संक्रमित मध्ये  २१३ जना बुटवलका छन् । तिलोत्तमाका १०८ छन् । सिद्धार्थनगरका ४३, सैनामैनाका १६ र देवदह नगरपालिकाका १४ जना छन् । त्यस्तै सुद्धोधनका गाउँपालिकाका ७ जना, कन्चनका ४ जना, सम्मरीमाइका ५ जना, ओमसतियाका २ जना छन् ।

प्रकाशित: १४ वैशाख २०७८ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App