७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

आन्दोलन चर्किएपछि बुटवलका यी क्षेत्रमा निषेधाज्ञा, ५ जना भन्दा धेरै भेला हुन रोक

प्रदेश नं. ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको बिरोधमा आन्दोलन चर्किन थालेपछि प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। शुक्रबार सदनमा प्रस्ताव पेश भए लगत्तै काँग्रेसले रुपन्देहीमा आन्दोलन चर्काइरहेको छ। दिनदिनै राँके जुलुससहित प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेशसभा सचिवालय र मन्त्रालयहरु रहेको स्थान वरपर निषेधित क्षेत्र घोषणा गर्दै ५ जना भन्दा धेरै जम्मा हुन रोक लगाएको हो।  

प्रदेशसभा सचिवालयको उत्तरतर्फ कालिका मन्दिरचोक, दक्षिणमा इँटाभट्टी चोक, पश्चिममा तिनाउ किनार, पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टीसम्मको कालिकापथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ।  

प्रदेशका मन्त्रालयहरु रहेको क्षेत्रको दक्षिणतर्फ सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पूर्वमा भाटभटेनी चोक र पश्चिममा सिद्धार्थराजमार्ग सम्मको क्षेत्रमा पाँच जना भन्दा धेरै जम्मा हुन रोक लगाइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको क्षेत्रमा उत्तरतर्फ बिद्युत चोकदेखि हाटबजार जोडने लाइनसम्म, दक्षिणमा जेसिस चोक, पूर्वमा सिद्धार्थ राजमार्ग  र पश्चिममा हाटबजार लाइन सम्म निषेधित क्षेत्र तोकीएको छ। जिल्ला प्रशासनले शनिबार राति साढे ८ बजे सूचना जारी गरी अशोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजे सम्मकालागि निषेधित क्षेत्र तोकेको जनाएको छ।

काँग्रेसले शुक्रबार र शनिबार बुटवल लगायत बिभिन्न स्थानमा राँके जुलुस निकालेको  थियो। आइतबार पनि प्रदर्शन, रुपन्देही बन्द र सोमबार संसद भवन घेराउ गर्ने तयारी गरीरहेको छ।

त्यस्तै जिल्लाका व्यबसायिक संघसंस्थाहरुको सञ्जालले पनि राजधानी सार्ने प्रस्तावको बिरुद्धमाआईतबार बिहान बुटवलमा बिरोध ¥याली गर्ने र दिउँसो मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ।सोमबार संसद भवन अंगाडी प्रदर्शन गर्नेव्यवसायिक संघसंस्थाहरुले तयारी गरीरहेका छन्।

बुटवलमा राँके जुलुस, व्यवसायिक संघसंस्थाहरु पनि आन्दोलित

प्रदेशको राजधानी रुपन्देहीबाट सरेर दाङ लैजाने प्रस्तावको बिरोधमा बुटवल, भैरहवा लगायतका स्थानमा शनीबार साँझ राँके जुलुस प्रदर्शन गरियो। राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै नेपाली काँग्रेसले जिल्लाका झण्डै एक दर्जन स्थानमा राँके जुलुस प्रदर्शन गरेको हो।  

बुटवलको राजमार्ग चौराहबाट सुरु भएको राँके जुलुस मिलनचोक पुगेर समापन भएको थियो। प्रदर्शनमा सहभागीहरुले रुपन्देहीलाई नै राजधानी कायम गर,अन्तरघाती नेकपा मुर्दाबाद, बहुसंख्यक जनताको मनोभावनाको ख्याल गर, पोख्रेल नेतृत्वको प्रदेश सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए।  

तिलोत्तमाको मणिग्राम, भैरहवाको देवकोटा चोक, सैनामैनाचोक, लुम्बिनीको पर्सा चोक, रोहिणीको धकधही,देवदेहको खैरेनी र भलुहीमा काँग्रेसको नगर तथा गाँउ समितिको नेतृत्वमाप्रदर्शन गरिएको हो।  

कम्युनिष्ट सरकारले बहुसंख्यक जनताको भावनामाथि खेलवाड गरीरहेको भन्दै काँग्रेस सांसद तथा नेताहरुले आन्दोलनले निम्त्याउने क्षतिको जिम्मेबारी  सरकारले लिनुपर्ने बताएका छन्। संसदमा दर्ता भएको प्रस्तावका बिरुद्ध काँग्रेसले आज रुपन्देही बन्द गर्ने र सोमबार १९ गते संसद भवन घेराउ को कार्यक्रम तय गरेको छ।

व्यवसायिक संघसंस्थाहरु पनि आन्दोलित

सरकारले स्थायी राजधानी रुपन्देहीबाट सारेर दाङ लैजान गरेको प्रस्तावको  बिरोधमा रुपन्देहीका व्यवसायीक तथा सामाजिक संघसंस्थाहरु पनि आन्दोलित भएका छन्। प्रस्ताव फिर्ता गर्नकालागि व्यबसायिक संघसंस्थाहरुले प्रदेश सरकारलाई आग्रह गरेका छन्।  

शनिबार बसेको व्यबसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले दवाव सिर्जना गर्नकालागि संघर्ष समिति गठन गरेको छ। बैठकले बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको छ।  

समितिले आइतबार बिहान बुटवलमा बिरोध ¥याली गर्ने र दिउँसो मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ। सोमबार संसद भवन अगाडि प्रदर्शन गर्नेरुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बताए। सोमबार साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न सञ्जालले आह्वान गरेको छ।

प्रकाशित: १८ आश्विन २०७७ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App