७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चाडपर्व लक्षित गरेर सुनसरीमा निषेधाज्ञा जारी

कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले कात्तिक १ गतेदेखि निषेधाज्ञा गर्ने भएको छ।

शक्तिपिठ, मन्दिर तथा पण्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपूजाबाहेक सामूहिकरुपमा गरिने पूजाआजामा प्रशासनले रोक लगाएको छ। यसैगरि, मस्जिदमा भेला तथा जम्मा हुन, गुम्बाहरुमा भेला हुन तथा पूजा गर्न, भक्ति संगित तथा भजनकिर्तनमा पनि प्रशासनले रोक लगाएको छ।

विगतमा जस्तो चाडपर्वमा सञ्चालन हुने मेला जात्रा गर्न पनि प्रशासनले रोक लगाएको छ भने राजनैतिक दलहरुबाट गरिने कार्यक्रमहरु सञ्चालन गर्न, शुभकामना आदनप्रदान गर्न पनि प्रशासनले रोक लगाएको छ। यसैगरि, सामूहिकरुपमा भेला भएर गरिने कुनै पनि क्रियाकलापहरुमा पनि प्रशासनले रोक लगाएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जनाएका छन्।

प्रजिअ पोखरेलका अनुसार तीव्रदरमा कोरोना संक्रमण र मृत्यु दर वृद्धि भइरहेको कारणले चाडपर्वलाई लक्षित गरेर मन्दिर आसपासमा ठूलो जमघट नहोस् भनेर निषेधाज्ञा जारी गर्नुपरेको हो। साथै, चाडपर्वमा शुभकामना आदनप्रदानलगायत कार्यक्रमहरु धेरै हुने भएकोले पनि त्यस्ता कार्यक्रमहरुलाई पनि रोक लगाइएको उनले बताए। ‘अहिले बिषम परिस्थिति छ, यो बेला मठमन्दिरमा धेरै भेला नहोस् भनेर हो। शुभकामना आदानप्रदान कार्यक्रमहरु पनि धेरै हुन्छन्, त्यो पनि गर्नुहुदैन,’प्रजिअ पोखरेलले भने,‘राजनीतिक दलहरुले कार्यकर्ता प्रवेश कार्यक्रमहरु गरिरहेको जानकारी आएको छ, त्यो पनि जोखिमपुर्ण भएकोले नगर्न अनुरोध गरेका छौं।’  

प्रशासलने स्थानीय प्रशासन ऐन २०२८ र  संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्लाभर निषेधाज्ञा जारी गरेको हो। उल्लंघन गरे कानुन वमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ। सुनसरीमा पछिल्लो समय तीव्ररुपमा कोरोना संक्रमणको दर वृद्धि भइरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढीरहेको छ।

प्रकाशित: ३० आश्विन २०७७ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App