१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निषेधाज्ञाको मुखमा ९२ अंकले बढ्यो नेप्से

दोस्रो लहरको कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाको मुखैमा मंगलबार सेयर मापक परिसूचक नेप्से ९२ बिन्दुले बढेको छ।  यसअघिका दुई दिन नेप्से लगातार घटेको थियो।  

सोमबारको तुलनामा यसदिन नेप्से ९२.४६ ले बढेर २५९९ बिन्दुमा पुग्यो।  निषेधाज्ञाको त्रासका कारण सर्वसाधारण त्रसित भइरहेको बेला नेप्से बढेको हो।  कतिपय लगानीकर्ताले निषेधाज्ञाको सम्मुखमा नेप्से बढ्नुलाई बैंक तथा वित्तीय संस्थाको लगानी पुनः सेयर बजारमै हुने अनुमान गरेका छन्।  

पहिलो लहरको कोरोना नियन्त्रणताका गरिएको लकडाउनमा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जालाई जोड दिएका थिए।  तर पहिलो लहरको कोरोना महामारी घट्दै गएपछि बैंक तथा वित्तीय संस्थाले लगानीका अन्य क्षेत्रलाई जोड दिन थालेपछि सेयर बजारको वृद्धि रोकिने कतिपयको अनुमान थियो।  

मंगलबार कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो दिन ६ अर्ब ५९ करोड रूपैयाँको कारोबार भएकोमा यस दिन ५ अर्ब १० करोड रूपैयाँको सेयर कारोबार भयो।  दोस्रो लहरको कोरोना नियन्त्रणका लागि बुधबारदेखि एक सातासम्म काठमाडौं उपत्यका लगायतका कैयन जिल्लामा निषेधाज्ञा सुरु गर्ने घोषणा गरेको छ।  कतिपय जिल्लामा यसअघि नै निषेधाज्ञा सुरु भइसकेको छ।  

निषेधाज्ञामा पनि सेयर कारोबार जारी रहने

निषेधाज्ञाको बेलामा पनि सेयर कारोबार जारी रहने भएको छ।  पहिलो लहरमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाइँदा सेयर कारोबार पनि बन्द गरिएको छ।  नेपाल स्टक एक्सचेन्जले स्वास्थ्य मापदण्ड पालना गरी कारोबार गर्न लगानीकर्तालाई आग्रह गरेको छ।  

प्रकाशित: १५ वैशाख २०७८ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App