२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

निषेधाज्ञाको मुखमा ९२ अंकले बढ्यो नेप्से

दोस्रो लहरको कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाको मुखैमा मंगलबार सेयर मापक परिसूचक नेप्से ९२ बिन्दुले बढेको छ। यसअघिका दुई दिन नेप्से लगातार घटेको थियो। सोमबारको तुलनामा यसदिन नेप्से ९२.४६ ले बढेर २५९९ बिन्दुमा पुग्यो। निषेधाज्ञाको त्रासका कारण सर्वसाधारण त्रसित भइरहेको बेला नेप्से बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्