४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा, देउसी भैलो खेल्न पनि निषेध

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले भोली सोमबारदेखि लागू हुने गरि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार निषेधाज्ञा जारी भएको यो अवधिमा तिहारमा देउसी, भैलोलाई पनि निषेध गरिएको छ। ‘निषेधाज्ञा लागू हुने भएकोले यसपाली तिहारमा देउसी, भैलो खेल्न पाइदैन,’ सहायक प्रजिअ पोखरेलले भने।  

यस्तै, तिहारलगत्तै तराईमा धुमधामले मनाइने छठ पर्व पनि यसपाली प्रभावित हुने भएको छ। मंसिर ६ गतेसम्मको निषेधाज्ञाले छठ पर्वको बेला पनि नदी, तलाउ, नहर तथा पोखरी आसपासमा भिडभाड गरेर पूजाआजा गर्न निषेध गरेको छ। ‘छठ पर्वको बेला पनि नदी, पोखरी, नहरतिर भिडभाड गरेर पूजाआजा गर्न पाइदैन,’ सहायक प्रजिअ पोखरेलले भने।

प्रकाशित: २३ कार्तिक २०७७ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App