१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

कोसीमा जारी अराजनीतिक रडाकोः सरकार फेरि धरापमा

सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनका क्रममा भएको अभ्यास संविधानविपरीत भन्दै बिहीबार अन्तरिम आदेश जारी गरेको छ। कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको भनिएको विश्वासको मत संसदीय अभ्यास र संविधानविपरीत रहेको ठहर गरेको हो।

राजनीतिले निरीह सिआइबी

नेपालमा गम्भीर, संगठित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोसँग सम्बन्धित अपराधका घटना अनुसन्धान गर्ने विशिष्टीकृत एकाइ हो, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)। अहिले सिआइबीले उद्देश्यअनुसार विभिन्न प्रकरणमा एकैसाथ अनुसन्धान गरिरहेको छ।

सहमतिमा अघि बढ्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी नयाँ संविधान र प्रणालीमै खेलवाड हुन लागेको आशंका गरेका छन्। झन्डै एक महिनादेखि संघीय संसद् सुचारु हुन नसकेपछि मंगलबार राजनीतिक दलका नेतासँग छलफल गर्दै राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनाअनुसार संवाद र सहमतिबाट अघि बढ्न पनि सबैलाई आग्रह गरेका छन्।

सुदूरपश्चिममा देउवापछि को ?

हाल संसद्मा चौथो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको बाछिटा आगामी चुनावमा सुदूरको भूमिमा पनि नपर्लान् भन्न सकिन्न। यहाँका जनताको माग दिन-प्रतिदिन बढेका बढ्यै छन्।

के नेपाल पाकिस्तानको बाटोमा छ?

लोकतन्त्रविरुद्ध सैन्य अधिनायकवाद मात्र होइन राजनीतिकर्मीहरूमै आपसी प्रतिशोध चुलिएको पाकिस्तानको प्रसंग नेपाली राजनीतिमा पनि उल्लेख गरिनु संयोग मात्र हुन सक्तैन।

नीतिगत भ्रष्टाचारमा उन्मुक्तिको प्रश्न

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४ (ख) ले नीतिगत निर्णयको अनुसन्धान मात्रै रोकेको हो, त्यस्तो निर्णय गर्दा हुन सक्ने भ्रष्टाचारको विषयलाई कदापि रोकेको छैन।

टिकापुर घटनामा सर्वोच्चले भन्यो, ‘फौजदारी कानुनको उल्लंघनमा आममाफी दिनु संविधान विपरीत’

सर्वोच्च अदालतले ‘टीकापुर घटना’लाई राजनीतिक क्रियाकलाप नभई फौजदारी अपराध भएको स्पष्ट पार्दै यस्तो घटनामा संलग्नलाई आममाफी मिनाहा दिने काम गर्नु संविधान विपरीत भएको ठहर गरेको छ।

कम्युनिस्ट राजनीति र सत्ता

माओवादीले दश वर्षसम्म जनतासमक्ष सुखको सपना बेचेर सम्भव–असम्भव भएभरका नारा घन्काउँदै देशव्यापी हत्या, हिंसा, विध्वंश मच्चायो। हिंसापीडित परिवारजनको आँसु अझै थामिएको छैन।

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ :अभिनेत्री खड्का

नायिका स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन्।

सुन तस्करी अनुसन्धानः राजनीतिले गिजोलिने खतरा

सरकारले सुन तस्करीको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) लाई सुम्पिएपछि संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ।

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।

‘प्रतिशोध राजनीति’मा रमाउँदै प्रतिपक्षी

गणतन्त्र कालमा कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व गरिसकेका छन्। तर प्रतिपक्षमा पुग्दाबित्तिकै यी दलले प्रतिशोधको राजनीति गरेको देखिन्छ।

पाक संसद् भंग निर्वाचन अनिश्चित

पाकिस्तानमा संसद् विघटन गरिएको छ। संसद् भंग भएको ९० दिनभित्र चुनाव गर्नुपर्ने व्यवस्था भए पनि चुनाव सन् २०२४ सम्म धकेलिने देखिएको छ।

बिपीको तराई दृष्टिकोण

बिपी कोइरालाले तराईका उपेक्षित जनताको सवालमा संविधान सुधार आयोगलाई दिएका सुझाव ऐतिहासिक छ। तर तिनै बिपीका अनुयायी नेपाली कांग्रेसका नेताहरूको ध्यान भने तराईवासी जनताप्रति नजानु विडम्बनापूर्ण भएको छ।

क्विन्टल सुनमा राजनीतिक साइनो !

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेसँगै सुन तस्करी अनुसन्धानको सुई राजनीतितिर सोझिएको छ। विगतमा उनको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायतसँग देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्