१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

कम्युनिस्ट राजनीति र सत्ता

सत्ता नेतृत्वमा कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षमा पनि कम्युनिस्ट पार्टी र राज्यका महŒवपूर्ण गौँडामा ‘कम्युनिस्ट’ पहिचानको बोलवाला छ। कम्युनिस्ट पार्टीहरू लोकतान्त्रिक विधिको निर्वाचनमा पनि भाग लिन्छन्, धेरै वा थोरै स्थान पनि जित्छन्। जनमतलाई भोट बैंकका रूपमा हेर्दा सबै कम्युनिस्ट पार्टीको साझा भोट बैंक सबभन्दा ठूलो देखिन्छ। तर, भोट बैंकको तानातान र विभाजनले उनीहरूलाई अप्ठ्यारोमा पारेको छ। त्यसैले नेकपाका दुई रूप एमाले र माओवादीको जनमत हेर्दा स्पष्ट हुन्छ, एमाले मोटाउँदा माओवादी दुब्लाउँछ, एमाले दुब्लाउँदा माओवादी मोटाउँछ। सँगसँगै प्रश्न उठ्छ, तर के यो कम्युनिस्ट बोलवालामा उनीहरूले नारा लगाएको जस्तै र विरोधीलाई दोषारोपण गर्दा आफ्नो पक्षलाई पवित्र देखाए जस्तो वास्तविकता छ? कम्युनिस्ट पार्टीहरूको यत्रो बोलवालाका बाबजुद यो मुलुक अपराधीको चङ्गुलमा किन पर्न गयो? यी पंक्तिको मुख्य चासो कम्युनिस्ट पहिचानको स्थायित्व र भविष्यतिर केन्द्रित छ।

नेपालको कम्युनिस्ट राजनीतिमा फुट र एकताको जुन लामो सिलसिला छ, त्यो आजसम्म कायमै छ। पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, निर्मल लामा, तत्कालीन ‘झापाली ग्रुप’ आदि सबैले केशरजङ्ग रायमाझी महासचिव रहेको नेकपा परित्याग गरेर अलग पार्टी समूह गठन गरे।

कथनीमा पाण्डित्य र आदर्श, करनीमा अराजकतावादी व्यवहार नै नेपालका कम्युनिस्टहरूको चरित्र देखिन्छ।

शीतयुद्धको त्यो बेला सोभियत कम्युनिस्ट पार्टी र चिनिया कम्युनिस्ट पार्टीहरूका संसारभरि नै आआफ्ना समूह क्रियाशील थिए। यसबीचमा अन्य गैरकम्युनिस्ट पार्टीहरूले पनि जुट र फुटका घटना नभोगेका होइनन्। २०२५ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीमा फुट, २०४१ सालमा नेकपा (चौथो महाधिवेशन), २०४२ सालमा नेकपा (मशाल), २०५१ मा नेकपा (एकता केन्द्र), २०५४ मा नेकपा (एमाले), २०६५ मा नेकपा (एकता केन्द्र–मसाल) मा आएका विभाजनहरू २०६९ असार सुरुमै भएको माओवादी विभाजनको पृष्ठभूमिका सम्झनलायक सन्दर्भ हुन्।

इतिहासको स्वभावै भइसकेको छ, कम्युनिस्ट गुटबीच हरेक स्वार्थको चश्माले एकअर्कालाई हेर्ने र परिभाषित गर्ने काम चलिरहन्छ। उनीहरू रिस उठ्यो भने भएभरका लवजले परस्परमा गाल–मुखाल गर्न पछि पर्दैनन्। स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन्। एमाले अध्यक्ष खड्गप्रसाद ओली त माओवादी अध्यक्ष प्रचण्डको हात मान्छेको रगत लतपतिएको छ भनेर हातै मिलाउँदैनथे।

माओवादीलाई ओलीले भएभरका क्षुद्र शब्दावलीले छ््याँस्न बाँकी राखेनन्। आफ्ना समकक्षीहरूलाई पूर्वजानकारी नदिइ महादशैँको मौकामा माओवादीसँग एमालेको असफल पार्टी एकता गराउने पनि उनै हुन्। पार्टी फुट्ने बेलामा चर्काचर्की र भनाभन पनि उनैसँग परेको थियो। कथनीमा पाण्डित्य र आदर्श तर करनीमा प्रायः अराजकतावादी व्यवहार नै नेपालका कम्युनिस्टहरूको मात्रात्मक चरित्र देखिन्छ।

शीतयुद्धको त्यो बेला सोभियत कम्युनिस्ट पार्टी र चिनिया कम्युनिस्ट पार्टीहरूका संसारभरि नै आआफ्ना समूह क्रियाशील थिए। यसबीचमा अन्य गैरकम्युनिस्ट पार्टीहरूले पनि जुट र फुटका घटना नभोगेका होइनन्।

अन्तर्राष्ट्रिय स्तरमा पनि आज कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुगेको छ। भारतमा त कम्युनिस्ट पार्टीहरू हराउँदै गए। एकाध बाँकी रहेका प्रान्तीय सरकारमा समेत उनीहरूको प्रभुत्व समाप्त भयो।

कम्युनिस्ट शासनको चीनमा कम्युनिस्ट आन्दोलनको विकास होइन, स्वतन्त्र बजारवादी अर्थतन्त्र, पुँजीवाद, उपभोक्तावाद, साम्राज्यवादी आकांक्षा, राष्ट्रिय स्वार्थ र प्रभाव विस्तारको होडबाजी प्रधान प्रवृत्ति भएका छन्। ‘सोभियत संघ’ को रूपमा संसारको पहिलो र व्यापक भूखण्ड ओगटेको कम्युनिस्ट रसिया, कम्युनिस्ट शासनलाई तिलाञ्जली दिएको करिब साँढे तीन दशकपछि सोभियतकालीन आफ्नै गणराज्य युक्रेनमा आक्रमण र युद्धले गर्दा स्खलित, कमजोर र प्रतिरक्षात्मक अवस्थामा पुगेको छ। भियतनाम, क्युबा जस्ता कम्युनिस्ट मुलुकहरूको नेतृत्व पनि कम्युनिस्ट नेताहरूकै हातमा छ जसलाई साम्यवाद (कम्युनिज्म) उपर विश्वास र भरोसा देखिन्न।

माओवादीले दश वर्षसम्म जनतासमक्ष सुखको सपना बेचेर सम्भव–असम्भव भएभरका नारा घन्काउँदै देशव्यापी हत्या, हिंसा, विध्वंश मच्चायो। त्यस्ता नारामा ‘आमूल परिवर्तन’, ‘नयाँ नेपाल’, ‘शोषित, उत्पीडित, गरिब र उपेक्षित जनतालाई राज्यसत्ताको केन्द्रविन्दुमा राखेर प्राथमिकता दिने’, ‘भ्रष्टाचारको जरै उखेलेर भ्रष्टाचारीलाई राज्यव्यवस्थामा चिहाउनै नदिने’, ‘सामन्तवादका सम्पूर्ण अवशेषलाई सधैँका लागि समाप्त पार्ने’, ‘वर्गीय, क्षेत्रीय, जातीय, लिङ्गीय, धार्मिक विभेद अन्त्य गर्ने’ जस्ता अनेकौँ वाचा थिए। त्यही दशवर्षे सम्पूर्ण हिंसात्मक गतिविधिका नेता कथित ‘लोकतान्त्रिक गणतन्त्र’ ल्याएपछि तीनपटक देशको प्रधानमन्त्री बनिसके। उनी आज के गर्दैछन्? र उनका समवयी नेता मानिने बाबुराम भट्टराई, उपप्रधानमन्त्रीसहित महत्वपूर्ण जिम्मेवारी सम्हालेका र दाहिने हात भनिएका कृष्णबहादुर महरा, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीलगायतका केन्द्रीय नेताहरूको गतिविधि के छ, सबलाई थाहा छ। त्यो हिंसामा मारिएका परिवारजनको आँसु अझै थामिएको छैन। दश वर्षे हिंसामा खाएको मारको दुखाई अझै विसेक भएको छैन।

अन्तर्राष्ट्रिय स्तरमा पनि आज कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुगेको छ। भारतमा त कम्युनिस्ट पार्टीहरू हराउँदै गए। एकाध बाँकी रहेका प्रान्तीय सरकारमा समेत उनीहरूको प्रभुत्व समाप्त भयो।

यसबीचमा दुई कम्युनिस्ट पार्टी सत्तामा बसेर एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी नामक नयाँ पार्टी बनाए। दुईतिहाई बहुमत नजिक पुगेको सो पार्टीले सरकार गठन गर्‍ यो, जसमा विभिन्न कम्युनिस्ट घटकका ६ जना कम्युनिस्ट नेताहरूलाई उपप्रधानमन्त्री बनाइयो। तैपनि मुलुकले स्थिरता र गति पाएन। नेतृत्वकै कारणले गर्दा सो एकीकृत पार्टी बीचैमा तासको घरझैँ ढल्यो। पार्टीभित्रका आफ्ना समकक्षीलाई उकुसमुकुसको वातावरण बनाएर धपाउने कार्यले पराया शक्तिसँग साँठगाँठ बढाएर आफू शक्तिशाली बन्ने र सत्तामा एकछत्र शासन चलाउने स्वार्थमा नेपाल कम्युनिस्ट पार्टी त ढल्यो नै, एमाले विभाजित मात्र भएन, सदस्यता संख्या घटेर चिन्ताजनक तहमा पुग्यो। यस्तै गतिविधिको परिणामस्वरूप नेपालमा विदेशी तत्व अन्तिम निर्णयकर्ताका रूपमा भित्रिसकेको छ।

आजको नेपाल बहुराष्ट्रिय उपस्थितिको थलो हुन पुगेको छ। त्यसैले मुलुकको आन्तरिक राजनीतिमा समेत विदेशी हावी भइरहेका छन्। २०६३ सालपछि यो अवस्था निरन्तर घनीभूत हुँदैछ। देशभित्र अहोरात्र जनआक्रोश बढाइरहेका नेताहरूको जुँगाको लडाइँले विदेशी चलखेल व्यापक बनाइरहेको छ।

‘भारतले ल्याइदियो नेपालमा चीनका लागि गणतन्त्र’ भनिन्छ। युरोपियनहरू जाति र धर्मको राजनीतिक मिसन लिएर नेपाल पसेका छन्। ‘९/११ घटना’ को अमेरिकालाई सन्देश थियो, अमेरिकाको सुरक्षामा खतरा चीन वा रुस जस्ता शक्तिराष्ट्र होइन, अफगानिस्तान जस्ता असफल राज्यहरू हुँदारहेछन्। नेपालमा बढ्दो विदेशी चलखेल र यो मुलुकको बढ्दो भयाबह अधोगतिले चीन र भारत जस्ता छिमेकी राष्ट्रलाई पनि त्यस्तै सन्देश दिइरहेको अर्थमा चीनले बुझेको नहोला त? के यस्ता प्रश्न २०६२ सालअघि यहाँ सुनिन्थे?

नेपालका सबैजसो कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्त, नीति र आचारको पालना छाडिसके। उनीहरूको पहिचान भन्नु नाम र झण्डा मात्र बाँकी रहेको छ। तर उनीहरू संसदीय प्रजातन्त्रप्रति पनि निष्ठावान हुन सकेका देखिएन। एमालेले संसद्लाई बन्धक बनाएर सत्तारुढ कम्युनिस्ट र प्रतिपक्षी कम्युनिस्टबीच द्वन्द्व बढाएको घटना नै ज्वलन्त उदाहरण र प्रमाण हो। न आचरणमा कम्युनिस्ट न व्यवहारमा बहुदलीय लोकतन्त्र, कतै पनि स्पष्ट पहिचान बनाउन नसकेर कम्युनिस्ट राजनीति अन्योलग्रस्त मानसिकताको रूप मात्र हो।

आजको नेपाल बहुराष्ट्रिय उपस्थितिको थलो हुन पुगेको छ। त्यसैले मुलुकको आन्तरिक राजनीतिमा समेत विदेशी हावी भइरहेका छन्।

मुलुक सधैँभरि यसैगरी चल्दैन र कम्युनिस्ट पार्टीहरू जनताका प्रिय नभएर मासिएर जान्छन्। भारतको राष्ट्रिय राजनीतिमा हेर्दाहेर्दै कम्युनिस्ट शक्ति लोप हुँदै गएको देखिन्छ। पुष्पलालले एकताका भनेझैँ ‘कम्युनिस्टमैत्री राजासहित नेपाल’ का लागि प्रयास नगर्ने हो भने देशकै अस्तित्व तल–बितल पर्ने खतरा क्रमशः मडारिइरहेको देखिन्छ।

प्रकाशित: ३२ श्रावण २०८० ००:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App