नेपाली जनतालाई परिवर्तन, विकास र समृद्धिका अतिआकांक्षी आश्वासन बाँड्दै हिंसात्मकरूपमा चिनिएको माओवादी पार्टी, स्थापनादेखि नै सन्धि र विग्रहमध्ये विग्रहलाई बलियोसँग अँगालेको पार्टी हो।
कांग्रेसका अग्रज र संस्थापक नेताहरूले रामायणको चरित्रजसरी पार्टी चलाए। आजका कांग्रेस नेताहरू पार्टीको नेतृत्व हत्याउन महाभारत चरित्र अपनाउन थालेका छन्। रामायणको यथार्थ हो, राज्यका निम्ति भाइहरू नलड्ने। भरतले पाएको राज्य उनी लिन चाहँदैनन्, हकवाला रामलाई नै राज्य सुम्पिन चाहन्छन् तर रामचाहिँ भरतले पाइसकेको राज्य कुनै पनि मानेमा आफूले चलाउन नहुने भन्दै राज्य भरतलाई नै सुम्पिन्छन्।