१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

कोशी प्रदेशको सरकार गठनका विषयमा शीर्षनेताबीच छलफल

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

बिपीको समाजवाद र वर्तमान राजनीति

खेतमा हलो जोत्दै गरेको किसानको तस्बिर सिंहदरबारमा राख्नुपर्छ भन्ने उद्घोष नै बिपीको समाजवादको सरल व्याख्या मान्न सकिन्छ। यसैगरी प्रत्येक किसानसँग एक हल गोरु, एउटा दुहुनो गाई, पेटभरि खान पुग्ने अनाज उत्पादन हुने खेतबारी होस् भन्ने अवधारणाको नेपाल नै समाजवादी नेपाल हो।

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस्: जीवन परियार

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरूको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गरेका छन।

सुन तस्करीमा राजनीतिको जलप

नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्।

आहा! फोहोरमा मोहर फलाउँदै वालिङ

दिलीपले आफ्नो कार्यकालमा फोहोर व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरे। नगरवासीलाई सफाइसँगै फोहोरको महत्व बुझाए। लापर्बाही गरे फोहोर नगरको दाग हुने, महत्व बुझे फोहोर गहना बन्ने उनले बताए।

शिक्षण संस्थामा राजनीतिक भागबन्डाको असर

झोले, लठैत तथा अराजक व्यक्तिहरूलाई विभिन्न विश्वविद्यालय खोली विभिन्न पदमा भागबन्डा गरी भर्तीकेन्द्र बनाउने काम बढेसँगै विभिन्न संघ÷संस्थामा रहेका उच्च पदासीन व्यक्तिहरूले आफ्नो पेसा तथा पदलाई मर्यादित बनाउन सकेका छैनन् ।

प्रहरीमा ३० वर्षे सेवाको ३१ वर्षे राजनीति

सेवाहदको प्रावधानले संगठन कमजोर भएकामा सबै प्रहरी अधिकारी एकमत छन्। तर पनि केही प्रहरी अधिकारीको स्वार्थका कारण यो हट्न सकेको छैन। पहिले र अहिलेका गृहमन्त्री यसमा सकारात्मक देखिए पनि ऐन संसद्मा पुगेर छलफल नहुँदासम्म यसै भन्न सकिने अवस्था छैन।

निर्माण भएको ६ वर्षपछि तरकारी बजार सञ्चालन गर्ने तयारी

तत्कालीन नेकपाबाट प्रधानमन्त्री बनेका केपी ओलीले नेकपाबाटै मुख्यमन्त्री बनेका तत्कालीन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई प्रदेश सरकारले स्वामित्व लिने गरी कटहरीको तरकारीबजार हस्तान्तरण गरे।

शिक्षार्थी विनाका शिक्षालय

बाह्र कक्षा उत्तीर्ण विद्यार्थीमध्ये आधा जति अध्ययनका लागि विदेश र ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा समेत जाने गरेकाले उच्च शिक्षा प्रदान गर्ने संस्थाहरू सुनसान बन्न पुगेका हुन्।

आन्तरिक कलहमा कांग्रेस राजनीति

डडेल्धुरा रुवाखोलाको चिसो हावापानीमा बाल्यकाल बिताएका र प्रजातन्त्र प्राप्तिका लागि १० वर्ष कारागार जीवन बिताएको नेता हुनुहुन्छ देउवा।

अमेरिका-भारत स्वार्थ-सम्बन्ध

आफूले सोचे जस्तो नबस्ने अवस्थामा कुनै पनि बेला अमेरिका भारतप्रति तिक्त बन्न सक्छ। यस्तो अवस्थामा त्यसबाट चुकाउनुपर्ने मूल्य भारत र भारतीय जनताको साथै दक्षिण एसियाली देशका निम्तिसमेत महँगो हुनेछ।

उधारो राजनीतिको नगदी सत्ता!

उधारो राजनीतिका चतुर र माहिर खेलाडी प्रचण्डको उधारो राजनीतिका ललिपप समाधान जति ठड्याए पनि एकपछि अर्को ढलिरहेका देखिँदैछ।

क्यान्सर अस्पतालमा राजनीतिक दाउपेच

अहिले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने स्वास्थ्यमन्त्री कांग्रेसका मोहनबहादुर बस्नेत छन् ।यी दुवै सञ्चालक समितिमा बहुमत पुर्‍याएर कार्यकारी निर्देशक आफ्नो बनाउने कोसिसमा छन् ।आफ्नो स्वार्थका लागि सरकारले अहिलेसम्म सञ्चालक समिति नियुक्ति नगरेर सेवा प्रभावित बनाएको छ।

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्