भाग शान्ति जय नेपाल !
शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीहरू स्पष्ट प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल च्याँखे दाउमा लिप्त देखिएका छन्।
शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीहरू स्पष्ट प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल च्याँखे दाउमा लिप्त देखिएका छन्।
कुनै पूर्वाग्रह नराखी भन्ने हो भने देशको शासनसत्तामा पाँच वर्षलाई गठबन्धनको हालिमुहाली हुन्छ भन्ने बुद्धिजीवी, कर्मचारी, पत्रकार, विश्लेषकलगायत बाह्रमासे राजनीतिज्ञको भविष्यवाणीको पासा पल्टिन पाँच घण्टा पनि लागेन।
कथम्कदाचित माओवादीलाई राष्ट्रपति पद दिने हो भने प्रचण्डले तासको तुरूप बनाएर कांग्रेसी प्रधानमन्त्रीलाई बारम्बार बार्गेनिङ गर्ने निश्चित छ।
२०७९ को चुनावमार्फत मतदाताले एउटा पक्ष कांग्रेसले र अर्काे पक्षलाई एमालेले नेतृत्व गर्ने गरी दुई दलीय व्यवस्थाको पक्षमा जबर्जस्त मोहर लगाइदिएका छन्।
कागजको साधारण पाता होइन घोषणापत्र ! घोषणापत्र पार्टीको विचार, नीति–सिद्धान्त र कार्यक्रमको पूर्ण दस्ताबेज हो। यसैको आधारमा निर्वाचित सांसदहरूको बहुमतबाट बनेको सरकारले मुलुक सञ्चालन गर्ने हो। ख्यालठट्टाको दस्ताबेज होइन घोषणापत्र!
उम्मेदवारी दिएकाहरूको नामावली हेर्दा कुन मुसाहरू एकातिरबाट अर्कातिर र कुन बिराला कताबाट कतातिर दौडादौड गरिरहेका छन्? मज्जैले देखियो!
गठबन्धन राष्ट्रपतिलाई प्रमुख प्रतिपक्षी दलको पृष्ठपोषण गरेको आरोप लगाइरहेको छ तर यिनीहरूले के बुझेका छैनन् भने राष्ट्रपति कुनै दलको त के कुरा व्यक्ति पनि होइनन्, संस्था हुन्। हाम्रो संविधानले त्यही व्याख्या गरेको छ।
चुनाव घोषणा भैसकेपछि राणाबाट यी षडयन्त्र र जालझेल पर्दाफास हुन्छ भन्ने कल्पनासम्म गरेका भए आफ्नै कन्चटमा तेर्सिने महाभियोगको अस्त्र किन उठाउँथे यी गठबन्धन कारीले ?
२०५८ सालदेखि भ्रष्ट कर्मचारीको साँठगाँठमा सुरु गरिएको सर्वदलीय संयन्त्रलाई ब्युँताएर ‘भागशान्ति जय नेपाल’ गर्दै राष्ट्रिय स्रोत लुट्ने र भागबन्डा लगाएर हजम गर्ने नयाँ स्वरूपको अभियान हो यो गठबन्धन।
निर्वाचन घोषणा गरेपछिको सरकार भनेको दैनिक काम चलाउने प्रशासन मात्र हो तर जसको चुनाव हुने भनिएको छ, संसद् जिउँदै छ। यो कस्तो लोकतन्त्र हो?
पञ्चायतकालको चरमोत्कर्षमा पनि यतिबिघ्न नग्न लुट र कुशासन भएको थिएन।
अहिलेसम्म जानकारीमा आएका तथ्य प्रमाणले हाम्रा अर्थमन्त्री व्यापारिक घरानाहरूको दलाल रहेको नग्न रूपमै देखियो।
नेपालको परराष्ट्रनीतिमा चालिएको कुटिल चालपछि स्वतन्त्र परराष्ट्र सम्बन्धमा नै प्रश्न खडा हुँदैछ। यो बचकनापन जस्तो चाल चलेर बिचलन ल्याउने गतिविधि नेपालको परराष्ट्र सम्बन्धमा यसअघि कसैले दुस्साहस गरेको थिएन।
भनिन्छ, राजनीतिक दलको अभावमा लोकतन्त्र फष्टाउन सक्दैन ! दलहरूको कारणले निर्वाचित जनप्रतिनिधि जनताप्रति जवाफदेही, जिम्मेवार र जनउत्तरदायी हुन्छन्।
यो चुनावले देश दुई दलीयतातर्फ अगाडि बढेको पुनर्पुष्टि गरेको छ। कांग्रेसले दक्षिणपन्थी प्रजातान्त्रिक र एमालेले वामपन्थी लोकतन्त्रवादीहरूको प्रतिनिधित्व गरेको जगजाहेर छ।