१८ पुस २०८१ बिहीबार
image/svg+xml

कांग्रेस महाधिवेशन फेरि अन्योलमा

आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने कांग्रेसलाई संवैधानिक बाध्यता छ। तर संगठन समायोजन, विवादित जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण, अनुशासनको कारबाही गरेका नेताहरूको कारबाही फुकुवा र विदेशस्थित जनसम्पर्क समितिका विषयमा कांग्रेसले अझै ठोस निर्णय लिन सकेको छैन।

अन्योलमा स्वास्थ्य बिमा

कम्पनीहरूले हालसम्म १९ लाख बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।

कोरिया रोजगारीमा अन्योल

कोरियालाई श्रम गन्तव्य बनाउने अन्य कतिपय मुलुकले कोरिया सरकारका उच्च अधिकारीहरूसँग कुराकानी गरी आफ्नो मुलुकबाट श्रमिक पठाइसकेका छन्। तर नेपाल सरकारले भने त्यस किसिमको प्रयास नगर्नु अचम्मलाग्दो पक्ष हो।

अप्ठेरोमा कांग्रेसः अन्योलमा महाधिवेशन

पूर्वर्निधारित मितिअनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन अब पाँच दिनमात्र बाँकी छ। केन्द्रीय समितिको एक वर्षअघिको निर्णयअनुसार पाँच दिनपछि अर्थात् यही फागुन ७ देखि १० गतेसम्म कांग्रेस १४औं महाधिवेशन काठमाडौं हुनुपर्ने हो। त्यसअनुसार अहिलेसम्म सम्पूर्ण तयारी सकेर पार्टीको आगामी नीति र नेता कस्तो हुनुपर्छ भन्ने छलफलमा कांग्रेस जुट्नुपर्ने हो। तर महाधिवेशन फागुन ७ देखि त सुरु हुँदै छैन नै कहिले हुन्छ भन्ने पनि निश्चित छैन।

अन्योलमा कांग्रेस कार्यकर्ता

संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनको मुखमा मात्र पुर्‍याएन, (दाहाल–नेपाल) समूहलाई सडकसम्म पुर्‍यो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूह विरोधमा छ। अन्य साना दल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको भन्दै आन्दोलनमा छन्।

मेयरको पेश्की बेरुजु विषयले धरानको नगरसभा अन्योल

कांग्रेसबाट चुनिएका मेयर र कार्यपालिकामा बहुमत रहेको नेकपाका उपमेयर एवं कार्यपालिका सदस्यहरुबीचको विवादले धरान उपमहानगरपालिकाको सातौं नगरसभा अन्योल भएको छ ।

श्रम स्वीकृति लिएका अन्योलमा

कतारले नेपालीलाई प्रवेशमा रोक लगाएको खबर सुनेपछि धादिङ, गजुरीका रामकृष्ण त्रिपाठी निराश छन्। दुई साताअघि बिदामा घर आएका त्रिपाठी अर्को साता कतार उड्ने तयारीमा थिए।

टुटल पठाओको सेवाबारे अझै अन्योल

निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्‍याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन।

उपसभामुखको निर्वाचन अन्योलमा

प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन्। गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिए पनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन्।

स्वार्थले निर्माणमा अन्योल

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन मदन भण्डारी राजमार्गको हेटौंडा–सिन्धुली–चतरा खण्डको नक्सा परिवर्तन प्रयासले सिन्धुली सरमुकाममा निर्माण कार्यमै अन्योल उत्पन्न भएको छ।

अन्योलमा पूर्वकै जेठो क्याम्पस

सदरमुकामस्थित पूर्वकै जेठो महेन्द्ररत्न बहुमुखी क्याम्पस डेढ महिनायता अन्योलमा गुज्रिरहेको छ। विद्यार्थी आन्दोलन र समस्या समाधानमा क्याम्पस प्रशासनको तदारुकता अभावले प्रशासनिक कामकाज ठप्प छ।

अंग्रेजीमा प्रतिवेदन सार्वजनिक गर्दा अन्योलमा सहभागी

वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा कर्णालीको विषय समेटिएको प्रस्तुतीकरण चलिरहेको थियो। उक्त प्रस्तुतीकरणलाई रोक्दै कर्णाली प्रदेशसभा सदस्य अमृता शाहीले भनिन्, ‘तपाईंले प्रस्तुत गरेको तथ्यांक अंग्रेजीमा हुँदा असहज भयो।

कारबाहीबारे सरकार नै अन्योलमा

निजी मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीसँग असुली गरेको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएपछि सरकार कारबाही गर्ने प्रकृयामा अघि बढ्ने भएको छ।

‘सागको अन्योलता अन्त्य भएको छ’

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को अन्योलता अन्त्य भएको नेपाली खेलकुदका सरोकारवाला निकायले जनाएका छन्। भौतिक पूर्वाधार र तयारीका विषयमा प्रश्न उठिरहेका बेला युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारीले एक स्वरमा साग भव्य रूपमा निर्धारित समयमा सम्पन्न हुने प्रतिबद्धता जनाए।

रेल चढ्ने रहर अझै अन्योलमा

“आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्