२१ पुस २०८१ आइतबार
image/svg+xml

नेतृत्व नहुँदा ठूला आयोजना थप अन्योलमा

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एक साताअघि शिक्षाध्यक्ष डा. गुरु खनाललाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिए पनि अधिकार सीमित पारिएको छ।

कार्यविधि नबन्दा नगर बस सञ्चालन अन्योलमा

कार्यविधि नबन्दा नेपालगन्जमा नगर बस सञ्चालन गर्न अन्योलता देखिएकाे छ। ‘साझेदारी विकास कार्यक्रम’का लागि संघीय सरकारबाट प्राप्त विशेष अनुदान रकमबाट नेपालगन्ज उपमहानगरपालिकाले करिब एक साताअघि सातवटा बस खरिद गरेको थियो।

औद्योगिक क्षेत्र स्थापना अन्योलमा

सरकारले हरेक वर्ष बजेट भाषणमा मात्रै समेट्दै आएको डुँडेझारी औद्योगिक क्षेत्र स्थापना हुनेमा स्थानीय प्रतिक्षारत छन्।

सिनेटको निर्णय अलपत्र

दस दिनअघि ४२ औं विशेष सिनेट बैठकले उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान झन् अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा फागुन १७ गते बसेको विशेष सिनेट बैठकले उपकुलपति डा. रौनियारलाई बर्खास्तको निर्णय गरेको थियो।

शिक्षामा अन्योल कहिलेसम्म ?

२०२८ सालको नयाँ शिक्षा योजनाको पद्धतिपश्चात शिक्षकहरूलाई पेशागत व्यावसायिकरूपमा ढालियो। जसले गर्दा शिक्षण कार्य एउटा सेवा हो भन्ने भावनाबाट व्यावसायिक पनि हो भन्ने धारणा बन्दै आयो। परिणामतःशिक्षकहरू जागिरे मानसिकतातर्फ उन्मुख हुन थाले। सामुदायिक विद्यालयका शिक्षकले सरकारी जागिरेसरहनै सुविधा पनि पाउँदै आए। तत्कालीन व्यवस्थाले जागिरे मानसिकता ल्यायो। नयाँ शिक्षा योजनासँगै शिक्षकलाई तालिम दिने र तिनलाई नयाँ ज्ञान, सिप र धारणा दिइने कामले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ। तर व्यवहारमा यसले खासै ऊर्जा प्राप्त गर्न सकेन। शिक्षामा विभिन्न पक्षका सम्बन्धमा राज्यले प्रशिक्षण दिने गरेतापनि त्यसले प्रभावकारी प्रतिफल नदिएको गुनासो सुन्नमा आउँछ।

करौडौंका योजना अन्योलमा

१ नम्बर प्रदेश सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्यो। नगरपालिकालाई प्रदेशबाट कुन आयोजनाका लागि कति बजेट छुट्टिएको छ भन्नेसम्म थाहा छ।

रानीपोखरी पुनःनिर्माण अन्योलमा

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ।

अन्योलमा एकीकृत सम्पत्ति कर

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद–९ मा स्पस्ट लेखेको एकिकृत सम्पत्ति कर र घर जग्गा करका बारेमा समयमै निर्णय गर्न नसक्दा रोल्पामा जग्गा कारोबार अन्योलमा परेको छ।

कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा

संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ।

रंगशाला संरक्षणबारे अन्योल

रूसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई विश्वकपका लागि बनाइएका रंगशाला त्यसपछि कसरी प्रयोग गरिन्छ भन्नेमा प्रतियोगिताको सफलता झल्कने राम्रोसँग थाहा छ । त्यसैले उनी ती सबै रंगशालाको संरक्षण हुनेमा विश्वस्त छन्।

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी

राष्ट्रिय परीक्षा बोर्डले असार ९ गते कक्षा १० को नतिजा सार्वजनिकमा त्रुटि हुँदा ९ हजार बढी विद्यार्थीको नतिजामा फेरबदल भयो।

सर्वाेच्चको फैसलापछि सडक विस्तार झनै अन्योल

२०७२ सालमा उपत्यकाका दर्जनभन्दा धेरै सडक चौडा पार्ने अभियान थलियो । कलंकी–नागढुंगा, जोरपाटी–साँघुलगायत क्षेत्रका स्थानीयवासी फराकिलो सडकमा सरर यात्रा गर्न पाइने भनेर दंग थिए ।

राजपामा दलका नेता चयन प्रक्रिया अन्योलमा

संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलक सदस्य राजेन्द्र महताले इच्छा देखाएपछि राजपामा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया लम्बिँदै गएको छ।

नियमावली नटुंगिँदा कमिटी एकीकरण अन्योलमा

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई निमार्ण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटी, विभाग र जनवर्गीय संगठनबीचको एकता प्रक्रिया अन्योलमा परेको छ।

एउटा मन्त्रालयमा दुई सचिव राख्दा काममा अन्योल

एउटा मन्त्रालयमा दुईजना सचिव राख्दा समन्वयको अभावमा अन्योल देखिन भएको छ। मन्त्रालयको प्रशासनिक नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि व्यक्तित्वको टकराव हुने गरेको मन्त्रालयका कर्मचारी गुनासो गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्