घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन!
घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन,फूलअक्षता थाली बोकी दु:ख पाउनु पर्दैन। वृद्ध आश्रममा वृद्धा बाबाआमा नराखिदिनु,राम सीता खुशी हुन्छन् भजन गाउनु पर्दैन।
घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन,फूलअक्षता थाली बोकी दु:ख पाउनु पर्दैन। वृद्ध आश्रममा वृद्धा बाबाआमा नराखिदिनु,राम सीता खुशी हुन्छन् भजन गाउनु पर्दैन।
प्रायःजसो संसारका मुलुकहरूमा राजनीतिक नेतृत्वका लागि औपचारिक योग्यता किटानी गरेको देखिँदैन तथापि राजनीतिक उमेदवार हुन पनि औपचारिक योग्यता पनि चाहिन्छ भन्नुपर्छ भन्ने आवाज उठिरहेको छ।
नागरिक शिक्षाले कानुन र राजनीतिशास्त्र जस्ता विषयको यथोचित ज्ञान दिलाई मानव अधिकारको व्यापकता, प्रतिनिधिमूलक लोकतान्त्रिक संस्थाको कार्यप्रणाली र न्यायपूर्ण व्यवहार सिकाउँछ।
शिक्षाले विद्यार्थीमा आत्मनिर्भरता र सिर्जनात्मक प्रतिभा प्रष्फुटन गराउँछ। असल शिक्षकले विद्यार्थीमा जिज्ञासा, नैतिक तथा ज्ञानको भोक जगाउँछ।
कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाका निकायहरूमा शक्तिको बाँडफाँट लोकतन्त्रको सिद्धान्त लगायत सम्पूर्ण अवयवहरूका बारेमा नागरिकलाई यथार्थ जानकारी दिने स्रोत नै नागरिक शिक्षा हो।
आजको चाहना भनेको नै विविध व्यावहारिक सिप तथा कला सिकाउने शिक्षा चाहिएको हो। यसो हुन सकेमा शैक्षिक क्षेत्रले उत्पादन गर्ने जनशक्ति आन्तरिक बाह्य बजारमा सहजै खपत हुन सक्छ।
कक्षाकोठामा विद्यार्थीको ध्यान केन्द्रित गर्न नयाँ नयाँ विधि विषय छनोट गर्न सक्ने शिक्षकबाट नै गुणस्तरीय शिक्षा प्रत्याभूत हुन सक्छ।
बेनको अनुसन्धान भन्छ : बितेको दसकमा एसिया, युरोप, अफ्रिका र अमेरिकाका विभिन्न किसिमका चमेराका प्रजातिमा असंख्य कोरोना विषाणु भेटिएका छन्।
उत्तरदायी संस्कार नै सुशासनको आधार भएकाले राजनीतिक आचरण र चरित्रमा निष्ठा अनिवार्य सर्त हो।उत्तरदायी संस्कृतिबाट अभिप्रेरित राजनीतिक दलले कुनै काम गर्ने निर्णय गर्नुअघि सोच विचार गरी सम्भावित परिणाम र असर पहिचान गर्छ र प्रतिकूल प्रभाव वा हानि हुने देखिए त्यस्तो कार्य रोक्छ।अहिले हाम्रो संविधान ऐन–कानुनअनुसार मुलकमा शान्ति, सुव्यवस्था कायम गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान पूरा गर्ने दायित्व सरकारको हो।लोकतान्त्रिक संविधानअनुसार निर्वाचित दुईतिहाइ बहुमतको सरकारले कार्यभार सम्हालेयता आफूले पूरा गर्नुपर्ने विकास र विदेश नीतिका सवालमा सबै राजनीतिक दलबीच आपसी समझदारी बढाउनुको सट्टा दुईतिहाइको दम्भमा अन्य दलहरूसँग दूरी बढाउँदै गएको छ।जिम्मेवार राजनीतिक नेताबाट एउटै घटनामा एक दिनमा एउटा दृष्टिकोण, फेरि अर्को दिन अर्को धारणा व्यक्त हुनु कहाँसम्मको राजनीतिक इमान्दारिता हो ? यस्ता परिस्थितिमा जनताले सधैँ चुपचाप सहने वा स्वीकार्ने गर्नु हँुदैन।यसै सन्दर्भमा प्रसिद्ध विद्वान् ब्राउन्सले भनेका छन्– ‘लोकतन्त्रमा नागरिक शिक्षाले स्वशासनको शिक्षा बुझाउँछ।’
हरेक राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा नीतिबारे आफ्नो दृष्टिकोण राखेका पाइन्छ। जस्तै तत्कालीन एमाले जनमुखी शिक्षा नीति, माओवादीले जनवादी शिक्षानीति अनि कांग्रेसले समाजवादी शिक्षा नीति भन्दै चुनावी प्रचार अभियानलाई तीव्रता दिँदै आएकाछन्।
अहिले सामुदायिक विद्यालयप्रतिको मोह दिनानुदिन घट्दो छ। अभिभावकको छनोटमा यी विद्यालय पर्न सकेका छैनन्। हुनेसम्म सबैले निजी विद्यालयमै भर्ना गर्न लगेका देखिन्छन्। अझ लाजलाग्दो कुरो त सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, राज्यकोषबाट तलब खाने कर्मचारी तथा राजनीतिक दलका नेता÷कार्यकर्तासमेत सबैले निजी विद्यालय नै रोज्छन्। विगतमा नाम चलेका राजधानीका ठूला सामुदायिक विद्यालय पनि दिन÷प्रतिदिन सुक्दै जान थालेका छन्।
२०२८ सालको नयाँ शिक्षा योजनाको पद्धतिपश्चात शिक्षकहरूलाई पेशागत व्यावसायिकरूपमा ढालियो। जसले गर्दा शिक्षण कार्य एउटा सेवा हो भन्ने भावनाबाट व्यावसायिक पनि हो भन्ने धारणा बन्दै आयो। परिणामतःशिक्षकहरू जागिरे मानसिकतातर्फ उन्मुख हुन थाले। सामुदायिक विद्यालयका शिक्षकले सरकारी जागिरेसरहनै सुविधा पनि पाउँदै आए। तत्कालीन व्यवस्थाले जागिरे मानसिकता ल्यायो। नयाँ शिक्षा योजनासँगै शिक्षकलाई तालिम दिने र तिनलाई नयाँ ज्ञान, सिप र धारणा दिइने कामले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ। तर व्यवहारमा यसले खासै ऊर्जा प्राप्त गर्न सकेन। शिक्षामा विभिन्न पक्षका सम्बन्धमा राज्यले प्रशिक्षण दिने गरेतापनि त्यसले प्रभावकारी प्रतिफल नदिएको गुनासो सुन्नमा आउँछ।
अमेरिकाको मेरिल्याल्ड राज्यको तल्लो सदन (हाउस अफ डेलिगेट्स) मा नेपाली मूलका एचबी भण्डारी निर्वाचित भएपछि नेपालमा दुई खालको प्रतिक्रिया देखियो । नेपाली सञ्चार माध्यमहरूमा यो सन्दर्भले पाएको कभरेज हेर्दा लाग्छ– ठूलो संख्यामा नेपालीहरू खुसी भएका छन्।
अमेरिकाका चर्चित सिनेटर बर्नी स्यान्डर्सले अहिले एउटा मुद्दा उठाइरहेका छन्।
मानव अधिकार र मानव धर्मका नीतिभित्र आध्यात्मिक विचार प्रतिविम्बित गराउन पूर्वीय दर्शनको अत्यन्त खाँचो छ ।