१७ आश्विन २०७९ सोमबार
विचार

आध्यात्मिक चेतना

मानव अधिकार र मानव धर्मका नीतिभित्र आध्यात्मिक विचार प्रतिविम्बित गराउन पूर्वीय दर्शनको अत्यन्त खाँचो छ । आधुनिक शिक्षामा पूर्वीय दर्शन भन्दासाथ भिन्न दृष्टिले हेरिने हुँदा सामाजिक मूल्य, मान्यता र नैतिकतामा बाँध्न सजिलो देखिन्न। जसको परिणामस्वरूप आज पूर्वीय जगतमा आफ्नो सामाजिक मूल्य, मान्यता र संस्कृतिमा ठूलो ह्रास देखिँदैछ। पूर्वीय दर्शन र शास्त्रका कतिपय अभियन्ताले समय अनुकूल व्याख्या गर्न नसक्नुलेपनि केही विसंगति देखा परेका छन्। त्यसैले कैयौँआदर्श पुुरुष र युग नायकको समयसापेक्ष ढंगका ज्ञान र सिपलाई अनुकरण गरी हाम्रो आध्यात्मिक संस्कार र संस्कृति उजागर  गर्न सकिएको छैन।

आजकोे भौतिक एवं प्राविधिक विकासले एकातिर सम्पूर्ण विश्व मानव समुदायलाई निकट बनाएर एउटै घर परिवारसरह बनाइदिएको छ भने अर्कातिर आध्यात्मिक चेतनाप्रतिको निरुत्साहले मानिसबीच आपसमा द्वन्द्व भई झैझगडामा फसिरहेकाछन्। ‘बाँचौँ र बचाउँ’ भन्ने भावना  मर्दै गएको छ । विश्वमा वढ्दो हिंसाका घटनाले मानव सभ्यतामा नै संकट पैदा गरेको छ।

आज भाैितक विकासले जति फड्को मारे पनि मानिसभावनात्मकरूपले अति कमजोर बन्दै गएको छ ।अब भौतिक उन्नतिले मात्र मानव कल्याण सम्भव छैन । आध्यात्मिक विकास पनि त्यत्तिकै जरुरी छ । आध्यात्मिक चेतनाको विकास हरेक बालबालिकाको मनभित्रबाट उब्जनुपर्छ । त्यसपछि  विश्वव्यापीरूपमा आध्यात्मिक चेतनाको थालनी हुन्छ । यसका लागि कर्मनिष्ठ जीवन बनाउनुपर्छ । अरुको हितमा आफ्नो हित हुन्छ । अरुलाई प्रेम गर्दा ऊ सबैको प्यारो हुन्छ भन्ने धारणा बाल मनोविज्ञानमा प्रवेश हुनुपर्छ । नराम्रो काम गर्नेहरूदुःखी हुन्छन् । तिनले पश्चताप गर्नुपर्ने हुन्छ । सत्कार्य र सत्विचारले शक्ति प्रदान गर्छ । कर्मयोगले मानिसलाई फलको आशक्ति वा चिन्ताबाट मुक्त राखी कर्ममा निरन्तर लागिरहन उत्प्रेरणा प्रदान गर्छ।

आज हामीले हाम्रा बालबालिकालाई हाम्रो पूर्वीय दर्शन, सामाजिक मूल्य/मान्यता, संस्कार, संस्कृतिभन्दा पाश्चत्य जगतको देखासिकी गराउन सिकायौँ । हाम्रा ऋषि÷महर्षिहरूले हजारौँ वर्षको तपस्या र साधना गरेर प्रतिपादन गरेका शिक्षालाई अवमूल्यन ग-यौँ ।परिणामतःआज समाजमा विकृति, अशान्ति, द्वन्द्व र हिंसा बढिरहेको छ । अहिले कैयौँं चरित्रहीन, संस्कारहीन, स्वार्थी, देशको माया नगर्ने जमात बढिरहेकोे छ । विद्यार्थीले पढ्दाको अवस्थामा जुन संस्कार र शिक्षा पाएको हुन्छ त्यही नै उसको सम्पूर्ण जीवनमा प्रतिविम्बित भइरहेको हुन्छ ।  आज समाजमा गुरु र चेलाको सुमधुर सम्बन्ध छैन । ब्रह्मचर्यको साधना हुँदैन । यस्ता हाम्रा पूर्वीय सभ्यताका अनमोल पक्ष बिर्सिएर समाजलाई कसरी नैतिकवान, चरित्रवान र सुसंस्कारी बनाउने ? प्रश्न सोचनीय छ।

अहिले विद्यार्थी उच्च डिग्री हासिल गरेर पनि ज्ञानबिहीनझैँ देखिन थालेकाछन् । हाम्रा अनादिकालदेखिका आदर्श र मूल्य चुकिसकेका छन् ।श्रवणकुमारको पितृभक्ति र मातृभक्ति, बालक ध्रुव र प्रह्लादको ईश्वरभक्ति, अमरसिंह, वलभद्रको देशभक्ति आदि गुणबारे कैयौँ विद्यार्थी अनभिज्ञ छन् । यस किसिमका आदर्श र चरित्रलाई राज्यले जगेर्ना गर्दै लग्नुपर्ने हुन्छ । कति कुरा एकपल्ट गुमेपछि फर्काउन सकिएला तर हाम्रा उच्चतम आदर्श र मूल्य एकपटक लोप भएपछि फर्काउन असम्भवप्रायः हुन्छ । त्यही प्राचीन गुरुकूल शिक्षामा आधारित शिक्षा प्रणाली नै अहिलेका लागि हुबहुचाहिन्छ भन्न खोजेको होइन । समय परिवर्तनसँगै शिक्षामा पनि सुधार चाहिन्छ । अहिले विद्यालयमा गएर निश्चित पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा औपचारिक शिक्षा दिइन्छ । अहिले पनि शिक्षकले पढाउने र विद्यार्थीले सिक्ने प्रचलन नै छ । शिक्षकले सिकाएकै भरमा मात्र विद्यार्थीले ज्ञान हासिल गर्ने होइन।

प्रकाशित: २२ श्रावण २०७५ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App