१० पुस २०८२ बिहीबार
image/svg+xml
प्रकाश तिमल्सिना
नागरिक दैनिकको राजनीतिक ब्युरोमा कार्यरत तिमल्सिना वामपन्थी पार्टी, आन्दोलनबारे रिपोर्टिङ गर्छन्। मधेस मुद्दामा दक्खल राख्ने उनी अनुसन्धानमूलक पत्रकारितामा रुचि राख्छन्।

प्रकाश तिमल्सिनाका लेखहरु :

मुटु र दाँतको दुस्मन चिनी

चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ। चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ।

मोबाइल कुलतले मानसिक समस्या

बालबालिकाले इन्टरनेट, सामाजिक सञ्जालमा हरेक दिन लामो समय बिताएपछि उनीहरूलाई यसको ‘कुलत’ लाग्न सक्छ, रक्सीको कुलत जस्तै।

दलितका समस्या नदेख्नेहरू

काठमाडौँको सिहंदरबारभित्र र स्वास्थ्य मन्त्रालयको घुम्ने मेचमा बसेका तथा कतिपय समाजवादी र साम्यवादी नेताहरूले पक्कै पनि मधेसका दलितको अवस्था थाहा नपाएका होइनन्।

प्रम ओलीको बेलगाम बोली

धेरै वर्षअघिदेखि नै सरकारले पश्चिमी देशको नक्कल गरेर कसैलाई पनि फेल अर्थात अनुत्तीर्ण नगराउने नीतिले स्कुलका विद्यार्थीको पढाइ ‘खत्तम’ भएको छ भनेर उनले नबुझेका हुन् ?

इतिहास र वर्तमानको दस्ताबेज

मीना आचार्यको नाम हामी १४/१५ वर्षको हुँदादेखि सुनिएको हो। हक्की, कसैसँग नडराउने, रसियनसँग विवाह गरेर पनि नेपाली नागरिक नै भइराखेकी, नेपाल राष्ट्र बैंकको जागिर खाएर नेपाली महिलाहरूको खराब अवस्थाबारे अनुसन्धान गरेकी आदि।

विद्यालयको ‘पोसाकधन्धा’

अहिले १० कक्षाको जाँचको परिणाम देखेर शिक्षाविद् धेरै दुःखी छन्। ‘यसपालि धेरै जना फेल हुन्छन् किनभने विद्यार्थीले प्रत्येक विषयमा पास हुन ३५ ल्याउनैपर्छ’ भनेर शिक्षकहरू भन्दै थिए।

स्वस्थ भनिएका खानेकुरा कति अस्वस्थ !

हामीले बजारबाट ‘स्वस्थकर’ भनी छनोट गरेर उपभोग गर्दै आएका खानेकुरा के साँच्चिकै स्वस्थकर छन् त? यसबारेमा हामीले कहिल्यै विचार गरेका छौं त? हामी कतिपयले प्याकेटमा पाइने ‘बे्रकफास्ट सिरियल’, बट्टामा पाइने फलफूलको रस, दुधमा मिसाइने ‘क्याल्सियमयुक्त’ भनिने ‘पोषक पूरक’ आदि छनोट गरेर किन्ने गरेका छौं।

खाना नै औषधि हो

४० देखि ६० वर्ष नाघेका महिलाको केही हप्ताअघि रगत जाँच गरायौँ। त्यसमध्ये धेरैजसो मासु नखाने थियौँ। मासु खाने पनि हप्तामा एकचोटि मात्रै खानेहरू थिए। हामीले शरीरमा कति रगत, क्याल्सियम र भिटामिन बि १२ छ भनेर जाँच गराएका थियौँ। एक स्त्री रोग विषेशज्ञ साथीले “४० वर्ष कटेपछि क्याल्सियम चक्की खानैपर्छ” भनेकी थिइन्।

गरिबीमा स्वास्थ्य समस्या

स्थानीय जनतालाई सडक कि स्वास्थ्य भन्ने कुरा कसैले विचार गरेन। समुदाय पनि बोलेनन्। ठेकेदार नेताका मान्छे भए। यस्तो तरिकाले काम गर्ने सरकारले जनस्वास्थ्यको रक्षा गर्न सक्दैन भन्ने स्पष्ट छ।

कमजोर पुरुषलाई नारी सुरक्षा

पुरुषलाई प्रकृतिले कमजोर बनाएको छ। त्यसैले उनीहरूको सुरक्षा गर्नुपर्छ, मानसिक, शारीरिक र सामाजिक रूपमा सुरक्षा गर्न पनि महिला बलियो हुनुपर्छ। त्यसैले वर्षमा एक दिन मात्रै नारी दिवस मनाएर उनीहरूका बारेमा कुरा गर्छौं। अन्य तीन सय ६४ दिन त सम्पूर्ण रूपमा पुरुषका लागि समर्पित छ नि।’

सीके राउत पार्टी दर्ता गराउन काठमाडौंमा

स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित राउत नेतृत्वको टोली काठमाडौं आएर संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल गरिरहेको छ।

रिक्त स्थानको उपनिर्वाचन वैशाखभित्रै

सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र रिक्त रहेका ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु गरेको छ। संघीय संसद्को बैठकले उपनिर्वाचन गराउन वाधा गरिरहेका कानुन एकमुष्ठ संशोधन गरेर बाटो खुला गरिए वैशाख अन्तिम साताभित्र उपनिर्वाचन गराउन सकिनेबारे छलफल सुरु भएको हो।

राउतलाई राष्ट्रियसभामा लगिने

सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ।

यसरी आए सिके मूलधारको राजनीतिमा

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र र स्वतन्त्र मधेस गठबन्धनका डा. चन्द्रकान्त (सिके) राउतका दाजुबीच वार्ता सफल भएपछि शुक्रबार ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री ओलीसहित उनको सचिवालय टिम र सिकेका दाजु जयकान्त राउतबीच ‘स्वतन्त्र मधेस गठबन्धन’ मूलधारमा आउने÷ल्याउने कार्य’ अन्तर्गत पटकपटक भएका गोप्य वार्ताको परिणाम शुक्रबार काठमाडौंमा देखिएको हो। यसअघि सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी वार्ताटोलीसमक्ष राउतको ‘मूलधारमा आउने चाहना’ सम्बन्धी सन्देश पुगेको थियो। तर पछिल्लो तीन सातामा भएको वार्ताले मात्रै शुक्रबार औपचारिकता पाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्