coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बारा दुर्घटनाको छानविन गर्न प्रजिअ भट्टराई परिवारको माग

काठमाडौं- बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन्।

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक उक्त सवारी दुर्घटना भएको थियो। प्रजिअ भट्टराईका भाइ नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताएका छन्। ‘उक्त घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाईएको देखिन्छ त्यसमाथी एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिव देखी पूर्वसचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुले लागे पछि हामी झन आश्चर्य चकित हुन पुगेका छौं,’ भट्टराईले पत्रकार सम्मेलन भने, ‘घटना प्रति गम्भिरता र जिम्मेवारीपूर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका पावरफूल व्यक्तिहरु नै लाग्नुले घटनालाई झन रहस्यमय बनाएको हो।’

उक्त घटनामा परी प्रहरी उपरीक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचाररत छन्। प्रजिअ भट्टराई अझै अचेत अवस्थामा छन्, उनको अझै होस खुलेको छैन। मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरीय प्रहरी वृत, महाराजगञ्जमा किटानी जाहेरी दिएकाछन्।

‘चालक राउतले तिव्र गतिमा (प्रति घन्टा सय किमि भन्दा माथी) को गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रुपमा ठोकाएको आशंका छ,’ प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘घटना घटे लगत्तै चालक कुर्मीले प्रहरीलगायत सवन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ, जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए।’ भाइ नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटना पछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिएका छन्।

बारा बरमपुरीका स्थायी बासिन्दा चालक कुर्मी बिगत २३ बर्ष देखी निरन्तर बारा प्रजिअको सवारी चालकको रुपमा कार्यरत रहँदै आएका थिए। बाराको बरमपुरी गाउँ देखी कलैया, बीरगञ्जमा मात्रै होइन, उनै चालक कुर्मीले काठमाडौंको अनामनगरमा करोडौंको महलसमेत रहेको छ। ‘आफुलाई स्थायी सिडियो बताउँदै हिड्ने कुर्मीले बिचौलिया भएर  गैरकानुनी काम गर्ने गरेको उनी निकट व्यक्तिहरुले हामीलाई भनिरहेका छन्’ प्रेस बिज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित: ४ फाल्गुन २०७५ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App