सार्कको अनिश्तितासँगै आप्रवासी घोषणापत्र अन्योलमा
दक्षिण एसियाली मुलुक (सार्क) बाट रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने कामदारको सेवा, सुविधा एउटै बनाउने पहल अन्योलमा परेको छ।
दक्षिण एसियाली मुलुक (सार्क) बाट रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने कामदारको सेवा, सुविधा एउटै बनाउने पहल अन्योलमा परेको छ।
यसअघि यातायात समितिहरूले घाइतेको उपचार खर्च बेहोर्दै आएका थिए । सरकारको निर्णयसँगै यातायात व्यवसायीले घाइतेको उपचार नगर्ने बताउन थालेका छन् ।
जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु-याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न/नगराउन आदेश दिएपछि अन्योलता बढेको छ।
लिखित सहमति गरेर सरकारमा जाने सर्त राखेका फोरमका नेताहरू सरकारले लिखित सहमति गर्न हिच्किचाएपछि अप्ठेरोमा परेका छन्।
देश संघीयतामा गएसँगै कानुनतः विद्यालय शिक्षा (प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म) स्थानीय सरकारको दायित्वमा गएको छ । सरकारले हालै जारी गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएसँगै चैत २८ गतेदेखि देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज हुँदैछन् । अब विद्यालय शिक्षाका सबै काम स्थानीय सरकारले गर्नेछ।
क्रिकेट भलादमीको खेलका रुपमा परिचित छ । क्रिकेटको त्यो भलादमीपनालाई सबै सरोकारवालाले सम्मान गरे लामो समयदेखिको नेपाली क्रिकेट विवाद समाधानको बाटोमा पुगेको सम्बन्धित पदाधिकारीहरुले बताएका छन् ।
पाँचथर यासोकका अदुवा व्यापारी विष्णु बोहोरालाई किसानले साँझ–बिहान सुत्न दिएका छैनन् । बारम्बार उनलाई किसानको फोन आउँछ– अदुवा बारीमै कुहिसक्यो, कहिले लिन कहिले आउनुहुन्छ ? किसानको फोनले आजित उनी ‘फलानो दिन अदुवा तौलिन आउँछु’ भन्ने जवाफ किसानलाई दिन सक्दैनन्।
भुटानी शरणार्थी शिविर छिर्दा वाइएफसी नजिकै अशक्तका लागि बनाइएको टहरामा बिष्णु क्षेत्री सकिनसकी दाउराको भारी मिलाउँदै थिए । ८२ वर्षे दमका रोगी उनका आङभरि पुग्ने लुगा पनि थिएनन् । जाडो बढेपछि उनलाई कसरी जाडो भगाउने चिन्ता छ । खुट्टा राम्ररी चल्दैनन, श्रीमतीको पनि त्यति भर छैन । उनी पनि अशक्तै छन् ।
स्थानीय विकास मन्त्रालयले स्थानीय तहका उपमेयर तथा उपाध्यक्षलाई न्याय निरूपणसम्बन्धी तालिमको व्यवस्था गर्ने भएको छ । उपमेयर तथा उपाध्यलाई संविधानमा दिइएको न्यायीक अधिकार व्यवहारमा ल्याउन अन्योल र जटिलता बढ्दै गएपछि मन्त्रालयले उनीहरूलाई तालिम दिन लागेको हो ।
भूकम्पले क्षपितग्रस्त दरबार हाइस्कुल पुनर्निर्माण अन्यौलामा परेको छ । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सो विद्यालय भवन ऐतिहासिक भएकाले आधुनिक निर्माण सामग्री प्रयोग नगरी निर्माण गर्नुपर्ने सुझाव पुरातत्व विभागले दिएपछि निर्माण अलपत्र परेको हो ।
कांग्रेस ०५९ सालको फुटको संघारमा पुग्नुभन्दा एक–डेढ वर्षअघिको कुरा हो । महेन्द्रनगर, कञ्चनपुरमा एउटा कार्यक्रममा बोल्न जानुअघि एक बिहान शेरबहादुर देउवाले पत्रकारहरूसँग कफी प्युँदै भने— ल आज मेरो भाषण राम्ररी सुन्नु, म विस्फोट गरिदिन्छु। केहीबेर पछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने— कांग्रेस राणा पारिवारिक शासनविरुद्ध लडेको पार्टी हो । हामी कोइराला परिवारवादको बलमा खडा भएको स्वेच्छाचारी नेतृत्वविरुद्ध पनि लड्नेछौँ ।
कामका लागि खाडीका विभिन्न मुलुक जाने सार्क मुलुकका कामदारको सेवा, सुविधा एउटै बनाउने प्रयास अन्योलमा परेको छ। नेपालको लामो प्रयासपछि गत वैशाखमा दक्षिण एसियाली मुलुकका आठ राष्ट्र यो क्षेत्रका (सार्क) कामदारको सेवा, सुविधा एउटै बनाउने सहमतिमा पुगेका थिए । आप्रवासी कामदारको आर्थिक, शारीरिक लगायत सुविधामा सार्कका सबै मुलुकको एउटै स्वर हुने मस्यौदा आप्रवासन कामदार सम्बन्धी प्राविधिक समितिले टुंगो लगाइसकेको छ।
सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया नथाल्दा तीन सातादेखि स्वास्थ्य मन्त्रालय सचिवविहीन छ । सचिव नियुक्ति हुन नसक्दा दैनिक प्रशासनिक कामबाहेक मन्त्रालयको महŒवपूर्ण निर्णयसमेत प्रभावित बनेको छ ।
सरकारी नीतिगत कमजोरीका कारण नेपाली बहुमूल्य जटिबुटी प्रशोधनका लागि सस्तो मूल्यमा भारत जान्छ । र, नेपाली उद्योगलाई चाहिने कच्चा पदार्थका रूपमा फेरि नेपाल भित्रिन्छ, महँगो मूल्यमा । नेपालको प्राकृतिक सम्पत्तिमा भारतीय व्यापारीको रजाइ कायम छ, वर्षौंदेखि मध्य र सुदूरपश्चिममा ।
समानुपातिक प्रणाली निर्वाचनमार्फत प्रतिनिधिसभामा कुन पार्टीबाट कतिजना महिला छान्ने भन्ने अन्योल देखिएको छ । राष्ट्रियसभा गठन भइनसकेकाले समानुपातिकमा कुन पार्टीबाट कतिजना महिला छान्ने भन्ने विषयमा अलमल देखिएको निर्वाचन आयोगले जनाएको छ ।