२४ पुस २०८१ बुधबार
image/svg+xml

साग अन्योलमा घलेको चिन्ता

‘वास्तबमा यस्तो ठूलो अन्तर्राष्ट्रिय खेलमेला फरक क्षेत्रमा लगेर भविश्यसम्मका लागि पूर्वाधार काम लाग्नेगरी बनाएर गर्नुपर्ने हो । तर वर्तमान स्थितीले हामीसँग विकल्प छैन । यसपाली टालटुले पारामा गरेर अर्को संस्करणका लागि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशाला र खेल कम्प्लेक्स बनाउनुपर्छ ।’

तालमेलले महरा अन्योलमा, भने- ‘दाङ-२ नपाए घरमै बस्छु’

संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट जिते ।

संसद् सकिएसँगै डा. केसीको माग अन्योल

त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने प्रमुख मागसहित अनशनमा रहेकै अवस्थामा विधेयक पारित नगरी व्यवस्थापिका संसदको आयु सकिएको छ ।

ऊर्जा विकासमा अन्योल

नेपाल सरकार एकतर्फ विद्युत् विकासका निम्ति सर्वेक्षणको अनुमति दिइरहने अनि अर्कोतर्फ सरकारअन्तर्गतकै निकाय नेपाल विद्युत् प्राधिकरण विद्युत् खरिद बिक्री सम्झौताका लागि अनिच्छुक भइदिँदा यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका उत्पादनकर्ताहरू अब के गर्ने भनी अलमलिएका छन् ।

कलहले गोर्खाल्यान्ड आन्दोलन अन्योलमा

भारत पश्चिम बंगालमा गोर्खाल्यान्ड आन्दोलन हाँकिरहेका दल र समूहका नेताबीच आन्तरिक द्वन्द्व सुरु भएको छ । आन्दोलनकारी दलकै उच्च तहका नेताले जारी आमहडताल खुलाउने÷नखुलाउनेबारे विपरीत अभिव्यक्ति दिएपछि सर्वसाधारणमा अन्योल छाएको छ ।

शिक्षामा संघीयता र अन्योल

शिक्षा आर्जन औपचारिक, अनौपचारिक स्वाध्यायन आदि माध्यमबाट गरिन्छ। जुन तरिकाले शिक्षा हासिल गरे पनि व्यक्तिको व्यक्तित्व निर्माण वा चरित्र निर्माण नै हो। उसले जीवनमा राम्रो आचरण, सच्चरित्र कूशल व्यवहार जान्नुका साथै हरेक पक्षको ठीक/बेठीक, न्याय/अन्याय छुट्टाउन सक्ने क्षमताको शिक्षा दिइनुपर्छ।

अन्योलमा प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडक पुर्न दिएको १५ दिने म्याद सकिए पनि कुनकुन क्षेत्रका खाल्डा टालिए भन्ने विवरण सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्योलमा परेको छ। कार्यालयले खाल्डा पुर्ने जिम्मेवारी दिएका सविचहरूले पेस गरेको प्रतिवेदन अपूर्ण भन्दै आए पनि सडकको स्थलगत अनुगमन नगर्दा कस्तो तथ्य सार्वजनिक गर्ने भनेर अन्योलमा परेको हो।

सरकारी वार्ता टोली अन्योलमा

६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ । पटकपटकका अनशन, वृद्ध अवस्थासँगै खाना नखाएका कारण इलेक्टोलाइडहरू असन्तुलन भएर उनको मुटुमा भेन्टिकल प्रिम्याचुअल कम्प्लेक्सको जोखिम देखिएको छ । यस्तो अवस्थामा मुटु एक्कासी बन्दसमेत हुनसक्छ ।

हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योल

भारत पश्चिमबंगालमा ३६ दिनयता जारी गोर्खाल्यान्ड आन्दोलनका कारण त्यहाँका स्कुलमा पढ्ने हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योल बनेको छ । आमहड्तालका कारण स्कुल–कलेज ठप्प भएपछि पूर्वी सीमावर्ती क्षेत्रका विद्यार्थी महिना दिनदेखि घर फर्केर दिन काटिरहेका छन् ।

असार १४ बारे प्रमुख दल नै अन्योलमा

स्थानीय तहको दोस्रो चरण निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदासमेत प्रमुख राजनीतिक दलहरू असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन्।

राजनीतिक अन्योलले सेयर बजार ओर्लियो

राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको निर्वाचनमा भाग नलिने र चुनाव बिथोल्न आमहडताल घोषणा गरेसँगै सेयर बजार ओरालो लागेको छ। राजनीतिक अन्योल बढ्ने सम्भावना देखेपछि लगानीकर्ता सेयर किन्नभन्दा बेच्नतिर लागे जसले गर्दा आइतबार बजार ओरालो लाग्यो।

‘आइसिपी’ सञ्चालनमा अन्योल

नेपाल भारतको सीमामा बनेको बहुप्रतिक्षित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा सडक र अरु संरचना अभावले समस्या आएको छ । वैदेशिक व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन वीरगन्जको अलौंमा निर्माणाधीन आइसिपीसम्म सम्पर्क मार्ग बन्नमा ढिलाइ भएको हो । अरु संरचना पनि थप्नुपर्ने सरोकारवालाले औंल्याउँदै आएका छन् ।

अलमलमा उम्मेदवार, अन्योलमा मतदाता

बर्खाको झरी अनि खेतीपातीको व्यस्त समयमा भएकाले असार १४ मा  चुनाव हुनेमा उम्मेदवारहरू विश्वस्त छैनन् ।

पटकपटक निर्वाचन मिति सारिँदा मतदाता अन्योलमा

मधेशवादी दलको आन्दोलन र निर्वाचन मिति सारिँदा जिल्लाका मतदातामा अन्योल देखिएको छ। सरकारले पछिल्ला दुई दिनमा दुई पटक दोस्रो चरणको निर्वाचनको मिति सारेको छ।

‘चुनावी अन्योल कहिलेसम्म ?’

आन्दोलनको नाममा लगातार दुई वर्ष विकास बजेट अवरुद्ध भएको र उद्योग व्यवसाय धारासायी भएर अवस्थाप्रति सर्वसाधारण वाक्क भइसकेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्