१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अजय फुयाल
अजय फुयाल सन् २००१ देखि खेल पत्रकारितामा सक्रिय छन्। उनी नागरिक दैनिकका खेलकुद ब्युरो संयोजक हुन्।

अजय फुयालका लेखहरु :

पूर्वलाहुरेको फुटबल समर्पण

झापा ११ लाई कुनै रहस्य मान्ने हो भने त्यो हो, पूर्वलाहुरे जेके अर्थात् जलकुमार गुरुङ । बेलायती सेनाका पूर्वलाहुरे जेके ब्रिटिस गोर्खाको हकप्राप्तिको आन्दोलन हुँदै झापामा विभिन्न सामाजिक तथा राजनीतिक अभियन्ताको भूमिकामा व्यस्त छन् । तर त्यतिमै उनको व्यस्तता सीमित छैन।

पिकलबलबाट नेपाल चिनाउने लक्ष्य

पिकलबल नेपाली खेलकुदमा परिचित नाम होइन । ब्याडमिन्टन, टेबल टेनिस र टेनिसको मिश्रित रूपजस्तो देखिने यो खेल नेपालमा औपचारिक रूपले प्रवेश गरिसकेको छैन । तर यो खेलका शौखिन सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले झन्डै एक वर्षअघि आफ्ना परिचितसँग चिनाएको पिकलबलले नेपालमा आफ्नो हैसियत चाँडै स्थापित गरिसकेको छ।

बुद्ध, एभरेस्ट र रोहित चन्द

भगवान गौतम बुद्ध र एभरेस्ट (सगरमाथा) इन्डोनेसियामा नेपाल चिनाउने दुई मुख्य सम्पत्ति थिए । नेपाली भनेपछि हरेक इन्डोनेसियाली टुटुफुटेको अंग्रेजीमा ‘बुद्धा’ र ‘एभरेस्ट’ भन्ने गर्थे । पछिल्लो केही वर्षयता यहाँ नेपालको पहिचानमा बुद्ध र सगरमाथासँगै अर्को एउटा नाम थपिएको छ, रोहित चन्द।

ब्याड्मिन्टनमा प्रारम्भिक सफलता

ब्याड्मिन्टनमा नेपाली टोलीले सफलताका कथा रच्ने क्रममा एसियाली खेलकुदअन्तर्गत पुरुष युगलमा मंगोलिया तथा महिला एकलमा माल्दिभ्समाथि जित हासिल गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

पौडीमा कमजोर प्रदर्शन

राष्ट्रिय कीर्तिमानको लक्ष्यमा पनि असफल हुँदै नेपालका स्टार पौडीबाज शिरीष गुरुङले जकार्तामा १८औं एसियाली खेलकुदमा आफ्नो यात्रामा पूर्णविराम लगाएका छन्।

सदस्यसचिवको दाबी हावादारी

नेपालले पदक जित्ने भनेर निक्कै प्रचार गरिएको उसुमा बुधबार सुस्मिता तामाङ महिला छान छ्वानमा असफल भएसँगै एसियाली खेलकुदमा चुनौती समाप्त भएको छ।

कमलबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

१०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी भारोत्तोलक कमलबहादुर अधिकारीले १८औं एसियाली खेलकुदअन्तर्गत बुधबार जकार्ताको जेआई एक्सपोस्थित भारोत्तोलन हलमा आफ्नै नाममा रहेका सबै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

तेक्वान्दोको गौरव इतिहासमै सीमित

एसियाली खेलकुदको इतिहासमा नेपालका लागि तेक्वान्दो सबभन्दा सफल खेल हो । विश्व खेलकुदमै ओलम्पिकपछि दोस्रो ठूलो खेलमहोत्सवका रूपमा लिइने महादेशीय खेलकुदको कुम्भमेलाको पछिल्ला १७ संस्करणसम्ममा नेपालले १ रजतसहित कुल २३ पदक मात्र जित्न सकेको छ।

तेक्वान्दोको दयनीय अवस्था

‘हाम्रो तयारी र खेलकुदको अवस्थाअनुसार आक्कलझुक्कल पदक आउने हो । यसपालि अहिलेसम्म भाग्यले साथ दिएन । त्यसैले पदक आएको छैन । नेपाली खेलकुदको वास्तविकता यही हो,’ लगातार असफलता भोग्नुपर्दा निराश तेक्वान्दोका प्रशिक्षक दीपक विष्टको मुखबाट निस्केको आक्रोश हो यो।

सञ्जुद्वारा तीन राष्ट्रिय कीर्तिमानमा सुधार

भारोत्तोलनमा सञ्जु चौधरीले मंगलबार तीन राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । जेआई एक्स्पोस्थित भारोत्तोलन हलमा महिला ५३ केजी तौलसमूहको प्रतिस्पर्धामा स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

तेक्वान्दोमा आशातीत सफलता मिलेन

नेपालले पदक जित्ने आशा गरेको मुख्य खेल तेक्वान्दोले उद्देश्य पूरा गर्न नसके पनि सागर गुभाजुले जितको खाता खोलेका छन् । अन्तिम ३२ अन्तर्गतको खेलमा सोमबार भुटानी खेलाडीलाई प्रतिद्वन्द्वी पाउँदा सागरले जकार्तामा नेपाली तेक्वान्दोलाई पहिलो जित दिलाएका थिए।

रत्नजितको तारिफयोग्य प्रदर्शन

आशा गरिएका खेलहरूमा एकपछि अर्को असफलता बेहोर्नु परिरहेका बेला इन्डोनेसियाको जकार्तामा ब्याड्मिन्टन खेलाडीले हार भोगे पनि अनपेक्षित रूपमा सुधारिएको प्रदर्शन गरेका छन्।

सागको तयारीप्रति सहभागी अन्य राष्ट्रको असन्तुष्टि

दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो खेलमेला दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आउँदो फागुनमा गर्ने घोषणा गरे पनि नेपालले तयारीमा देखाएको उदासीनताप्रति सहभागी अन्य देशले असन्तुष्टि जनाएका छन्।

ब्याड्मिन्टनमा उत्साहजनक सफलता

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्समा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्